मुख्य समाचार

यातायात व्यवसायीको  गैरकानुनी सिन्डिकेट र अनावश्यक सौदाबाजी - यात्रु निराश

भदौ २३, २०७४ यातायात व्यवसायीले अनावश्यक माग राख्दै पूर्वसहमति विपरीत दसैंका लागि अग्रिम टिकट बुकिङ खुला थर्न आनाकानी गरेका छन् । विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएका व्यवसायीले दसैंको मुखमा टिकट बुकिङ खुलाउन आनाकानी गरको हुन् ...


प्रधानमन्त्रीसहित आठ मन्त्रीको सम्पत्ति गोप्य राख्ने प्रयास

भदौ २३, २०७४ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन । नैतिकतामा प्रश्न तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा ...


चिनले भन्यो - 'छिट्टै नेपालमा रेल पुर्याउँछौं'

भदौ २३, २०७४ चीनका प्रधानमन्त्री लि खछ्याङसँग उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बिहीबार बेइजिङमा भेटवार्ता गर्दै । तस्बिरः रासस चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भईरहेको बताएका छन् । सीमासम्म पुग्ने ...


रञ्जु र किशोर दुवै मिलेर निर्बाचित जनप्रतीनिधिको खिल्ली उडाए

काठमाडौं, भदौ २२ सय दिनअघि काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा रञ्जु र किशोर थापा आपसमै भिडेका थिए। बिहीबार ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा रञ्जु र किशोर दुवै मिलेर निर्वाचित मेयर विद्यासुन्दर शाक्यलाई सयदिने ‘शल्यक्रिया’ गर्दै कडा चुनौती दिए। दुवैले ...


राजनीतिक आवरणमा सुनतस्करी, प्रहरी निरीह

काठमाडौं, २१ असार । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले ६ दिनको बीचमा १ सय ३ किलो सुन बरामद गरेको छ । ब्यूरोले भदौ १५ मा काठमाडौं र जनकपुृरबाट गरी १५ किलो ...


​निजामति सेवा दिवसकै दिन घुससहित कर्मचारी पक्राउ

काठमाडौं, २२ भदौ । निजामती सेवा दिवसकै दिन कर्मचारीहरु घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट ...


महानगरमा फोहोरको राजनीति शुरू हुन थाल्यो ! - विद्यासुन्दर शाक्य

२२ भदौ, काठमाडौं । सुरुवाती १०० दिनमा बाचा अनुसार काम गर्न नसकेको भनेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निकै आलोचना भइरहेको छ । आमसर्वधारण मात्र होइन, उनको चुनावी प्रतिस्पर्धीहरुले पनि शाक्यले सय दिन खेल फालेको ...


टिस्टुङलाई पर्यटकीय नगरी बनाउने योजना

२०७४ भदौ २२ मकवानपुर । थाहा नगरपालिकामा रहेका विभिन्न सांस्कृतिक समूहहरूलाई काठमाडौं नेवा मिडिया प्रालिले विभिन्न सांस्कृतिक बाजा बाँडेको छ । टिस्टुङ नेवा पुच र रामलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको सहकार्यमा संस्कृति संरक्षण गर्ने उद्देश्यले ...


चाडपर्वको मुखमा यातायात व्यवसायीको दादागिरी : छत राख्न नपाए टिकट बुकिङ नै नखोल्ने

काठमाडौं, भदौ २२ दसैं सुरु हुन २ सातामात्र बाँकी हुँदा पनि उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रिम टिकट बुकिङ यस वर्ष पनि खुल्न सकेको छैन । व्यवसायीले आफ्ना माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी गर्दा त्यसको प्रत्यक्ष ...


दोब्बर मूल्‍य असुल्‍ने दरबारमार्गका थप चार स्टोरमा सिलबन्दी

काठमाडौं, भदौ २२ खरिद मूल्यमा उच्च मुनाफा जोडेर उपभोक्ताबाट झन्डै दोब्बर मूल्य असुल गरेको अभियोगमा आपूर्ति विभागले बुधबार दरबारमार्गस्थित अन्तर्राष्ट्रिय स्तरको प्रख्यात ब्राण्डका चारवटा सोरुममा सिलबन्दी गरेको छ। यसअघि गत सोमबार दरबारमार्गकै अन्तर्राष्ट्रिय ब्राण्डका आठवटा शोरुममा ...


निगमको जग्गा खरिदमा संसदीय समितिको ठहर : तेब्बर मुल्य तिरेर अनियमितता

भदौ २२, २०७४ करिब डेढ महिनादेखि निरन्तर नेपाल आयल निगमको जग्गा खरिद घोटाला अध्ययन गरेको संसदीय समितिले चल्तीको भन्दा तेब्बर मुल्य तिरेर जग्ग किनेको ठहर गरेको छ । उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका ...


सेनाले फास्ट ट्रयाक निर्माणको गति दोब्बर पार्यो

काठमाडौं, भदौ २१, काठमाडौ। काठमाडौंलार्इ तरार्इ जोड्ने बहुप्रतिक्षित फास्ट्र निर्माणको जिम्मा पाएको नेपाली सेनाले समयमा नै सम्पन्न गरेर सरकारलार्इ हस्तान्तरण गर्ने दाबी गरेको छ। सेनाले कामको गतिलार्इ दोब्वर बनाउन १० ठाउँबाट काम सुरु गर्न ...


काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं, भदौ २१ त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज भएको छ। कलेज सञ्चालनका लागि मापदण्ड पूरा/नभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज अवैध रुपमा संचालन भइरहेको प्रतिवेदन त्रिवि कार्यकारी ...


८८ किलो सुनका नेपाली साझेदार दीपक मलहोत्रा - रसुवागडी भन्सारका प्रमुख केदार पनेरुको मिलोमतोमा सुन तस्करी

२०७४ भदौ २१, काठमाडौं । राजधानीको क्षेत्रपाटीबाट प्रहरीले सोमबार पक्राउ गरेको ८८ किलो सुनको नेपाली साझेदार दीपक मलहोत्रा रहेको बुझिएको छ । चिनियाँ साझेदार याङ वेन विङ र उनका पति पान विई मिङसँगको मिलेमतोमा मलहोत्राले भारत ...


अर्जेन्टिनाको विश्वकप छनौट कठिन बन्दै

२१ भदौ, काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको सहभागिता निश्चित गरिनसकेको अर्जेन्टिनाले विश्वकप दक्षिण अमेरिकी छनौटमा भेनेजुएलालसँग एक एक गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा प्रभावकारी नदेखिएको अर्जेन्टिनालाई तुलनात्मक रुपमा कमजोर आँकिएको भेनेजुएलाले निक्कै ...


जम्मा तीनजना मात्र ‘भ्रष्टाचारी’ भएको देश !

भदौ २१, २०७४ काठमाडौं देशको एकीकरण गरिदिएबापत राष्ट्रनिर्माताले उपेक्षा, अपमान र गालीका सहस्र वाणको सामना गर्नुपर्ने मुलुकमा राम्रा काम गरेकै भरमा तिनको उच्च मूल्याङ्कन हुने अपेक्षा राखिनुहुन्न । कतिपय राजनीतिकर्मी योग्य, असल र इमानदार भए पनि ...


राजस्व अनुसन्धान विभाग दलालको नियन्त्रणमा !

–रोशन कार्की /भदौ २१, २०७४ काठमाडौं सरकारले विभिन्न माध्यमबाट हुदै आएको राजस्व चुहावट नियन्त्रण गर्न बनाएको योजना हालसम्म सफल हुन सकेको छैन । अर्थमन्त्रालदेखि आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभागलगायतका कर कार्यालयमा कर्मचारीको भन्दापनि ‘दलाल’ हरुको ...


अस्पतालको पेटीबाट सविनाको प्रश्न : 'आलो सुत्केरीलाई कहिलेसम्म भुइँमा सुताउने ?'

भदौ २१, २०७४ काठमाडौं - चार दिनदेखि सुत्केरी भएकी समाखुसीकी सविना नाज अस्पतालको पेटीमै सुत्छिन् । थापाथलिस्थित प्रसुतिगृहमा उनको उपचार चलिरहेको छ । अस्पतालको आकस्मिक कक्षमा वेड नपाएपछि चारदिने शिशु लिएर पेटीमै सुत्नु परेको उनले सुनाइन् ...


आज साढे तीन बजेसम्म सरकार गम्भीर नभए डा. केसी फेरी अनसन बस्ने- १२औ सत्याग्रह

काठमाडौं, भदौ २१ चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज) देखि डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन्। आज दिउँसो साढे तीन बजेसम्म पनि सरकार मागप्रति संवेदनशील नभए डा. केसी ...


नायिका करिश्मा ९ कक्षामा भर्ना भईन

‘मैले पढ्न थाल्दैमा किन महाभारत?’ काठमाडौं, भदौ २१ ‘म ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) जीको कदर गर्छु। उहाँको राजनीतिक चातुर्य र क्षमताको प्रशंसक पनि हुँ’, नायिका करिश्मा मानन्धरले भनिन्, ‘तर, उहाँलाई जनताले ८ कक्षा पढेको नेता ...


८८ किलो सुन तस्करका नाइके मिङ र्‍याडिसन होटलबाटै फरार

काडमाडौं, भदौ २१ प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए। इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे ...


श्रीमतीलाई करणी गरे पाँच वर्ष जेल सजाय

काठमाडौं, भदौ २१ अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमान्ले जेल जानुपर्ने भएको छ। जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ। फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो। ...


खड्काले दिए कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी

काठमाडौं, भदौ २१ ईन्धन भण्डारणस्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन्। खड्काले तालुकदार मन्त्रालयका ...


चक्रपथ बाहिर पुग्दैन मेलम्चीको पानी

काठमाडौं, भदौ २१ झन्डै दुई दशकदेखि राजधानी उपत्यकाका बासिन्दाले देखेको मेलम्चीको पानी खाने सपना पहिलो चरणमा चक्रपथभित्रका छानिएका ठाउँमा मात्रै पूरा हुनेछ। अझ मेलम्चीको पाइप गाड्न सडक खनेर हैरान भएका कपन क्षेत्रका बासिन्दाको हकमा त यो ...


नयाँ म्यानपावर खारेज गर्न ठूलो चलखेल !

भदौ २०, काठमाडौं मै खाउँ मै लाउ भन्ने नेपालीमा उखान छ, सोही उखानलाई यतिबेला म्यानपावर व्यवसायीले चरितार्थ गरेका छन् । सरकारले फ्रि भिसा फ्रि टिकट लागू गरेपनि लागू नगरेका म्यानपावर व्यवसायी यतिबेला स्वच्छ प्रतिस्पर्धामा उत्रनुको सट्टा सरकारले ...


सेनाले फास्ट ट्रयाक यसरी बनाउँदैछ

भदौ २०, काठमाडौं– तराई मधेश द्रूत मार्ग (फास्ट ट्रयाक) को ट्रयाक नेपाली सेनाले नै खोलेको हो। सेनाले ट्रयाक खोलेपछि यो सडकमा २०६९ सालमा नै गाडी गुडेको थियो। तर, पाँच वर्षसम्म यो सडकको अवस्था निकै नाजुक भइसकेको ...


आज इन्द्रजात्रा, अनन्त चतुर्दशी

काठमाडौं, भदौ २० - रासस वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ...


काठमाडौमा यसरी निस्कियो डोको जुलुस !

मङ्गलबार, भदौ २०, २०७४ काठमाडौँ– गाउँघरतिर घाँसदाउरा बोक्न प्रयोग गर्ने डोको सोमबार भने काठमाडौका सडकमा देखिए । डोकासहितको जुलुस काठमाडौँको टेकु, त्रिपुरेश्वर हुदै माइतिघर मण्डसम्म आइपुग्दा सर्वसाधारणहरुले अचम्म मानेर नियालेका देखिन्थे । डोको बोकेर जुलुसमा सहभागि ...


दोषी ठहरिएका शर्मालाई मन्त्रीको संरक्षण

मङ्गलबार, भदौ २०, २०७४ उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छनबिन सुरू भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा दिएका शर्मालाई मन्त्री श्रेष्ठले ...


भाडा नबढे अग्रिम टिकट बुकिङ नगरिने धम्की

काठमाडौं, भदौ २० दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि यातायात व्यवसायीले चासो दिएका छैनन्। सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म ...


ओबामाले ट्रम्पलाई लेखेको चिठीमा के थियो?

मङ्गलबार, भदौ २०, २०७४ - द न्यूयोर्क टाइम्स संयुक्तराज्य अमेरिकामा निवर्तमान राष्ट्रपति बाहिरिने र नयाँको सत्तारोहण सौहार्दपूर्ण हुन्छ। पुरानाले नयाँलाई भेटेरै स्वागत गर्नुका साथै आफ्नै हातले चिठी लेखेर छाड्ने चलन पनि छ। निवर्तमान राष्ट्रपतिले उत्तराधिकारीका नाममा छाडेर ...


दरवारमार्गका ४ ब्राण्डेड पसल नाइक, बेन्टले, स्टोर वान र पुमामा सिल

१९ भदौ, काठमाडौं । सरकारले दरवारमार्गका ४ ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको हो । आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार ...


जग्गा प्लटिङको पक्षमा ‘सेटिङ’ मिलाउन रकम संकलन सर्वोच्चमा विचाराधीन मुद्दा प्रभावित पार्ने जग्गा व्यवसायीको दाउ

१९ भदौ, काठमाडौं । घरजग्गा व्यवसायीले ‘कानुन निर्माण’ गर्ने बताउँदै मुलुकभरबाट रकम संकलन थालेका छन् । चार करोड रुपैयाँ संकलन गर्ने व्यवसायीको लक्ष नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका नाममा देशभरका जग्गा व्यवसायीका संघमार्फत् रकम संकलन ...


कस-कसले पाउँदैनन् संसद र प्रदेशमा सांसदको उम्मेदवार बन्न?

भदौ १९, २०७४ प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक र प्रदेश सभा निर्वाचन विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ। विधेयकमा भ्रष्ट्राचारीलाई समेत निर्वाचन लड्न दिनुपर्ने प्रावधान राख्न कांग्रेसका सांसदहरूले संशोधन हालेका थिए। तर अन्तत: विधेयक ...


यदि परमाणु हमला भए तपाईं कसरी बच्ने ?

भदौ १९, २०७४ क्रिस बारानिक/ बीबीसी उत्तर कोरियाली नेता किम जोंग उनले सेप्टेम्बर ३ तारिखमा हाइड्रोजन बम परिक्षण गरे । यो बम यति जोडले बिस्फोट भयो कि ६.३ म्याग्नेच्यूडको भूकम्प मापन गरियो । उत्तर कोरिया चाहे जति ...


दसैंको मुखमा फेरि ८८ किलो सुन समातियो

काठमाडौं, भदौ १९ काठमाडौँ। प्रहरीले काडमाडौँको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ। रसुवाको केरुङ नाकाबाट काठमाडौँ ल्याइएको सुनसहित एक जना पक्राउ गरेका छन्। सुनसहित सवारी चालक मनोज अधिकारी पक्राउ परेका हुन्। महानगरीय अपराध अनुसन्धान ...


वीरगञ्ज महानगरलाई ९ करोड कर नतिर्ने नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक व्यक्ति नै महानगर प्रमुखको उम्मेद्वार

काठमाडौं, भदौ १९ वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ। अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन्। उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन्। बक्यौता कर असुलीका ...


टिचिङको शौचालयमा पनि ठगिन्छन् बिरामी

काठमाडौं, भदौ १९ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन्। बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ। अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका ...


त्रिविद्वारा प्रधानमन्त्री एवम् कुलपति देउवाकै निर्देशन अवज्ञा

काठमाडौं, भदौ १९ प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने’ निर्देशन उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ। ‘कलेजको सम्बन्धन नै खारेज गर्न निर्देशन दिएको ...


बाबुरामजी एजेन्डा उठाइराख्नुस्, ५० वर्षमा त पूरा होला नि: प्रदिप गिरी

- रोहेज खतिवडा / काठमाडौं, भदौ १९ नेपाली कांग्रेसका नेता तथा राजनीतिक विश्लेषक प्रदीप गिरीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई प्रत्यक्ष कार्यकारीको एजेन्डा निरन्तर रूपमा उठाइरहन सुझाएका छन्। नयाँ शक्तिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ...


फ्रुटी सञ्चालक दुगड फरार

काठमाडौं, भदौ १९ म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) लाई जिम्मेवारीबाट हटाइएको छ। लाखौं उपभोक्ताको ज्यानलाई ...


विक्रम पाण्डे र दीपक बोहोरालाई मन्त्री बनाउन देउवाले मानेनन्- एमालेको पनि आपत्ति

१८ भदौ, काठमाडौं । आयल निगम प्रकरणमा विवादमा तानिएका राप्रपा नेता दीपक बोहोरा र विक्रम पाण्डेलाई राष्ट्रिय गौरबको सिक्टा सिचाई आयोजनाका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नबनाउने अडान लिएपछि राप्रपा प्रजातान्त्रिकमा विवाद उत्पन्न भएको छ ...


विश्व बैंकले उर्लाबारीमा दुई सय करोड लगानी गर्ने

मोरङ, भदौ १८ / रासस विश्व बैंकले उर्लाबारी नगरपालिकामा करीब २ सय करोड रुपैयाँ लगानी गर्ने भएको छ । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा २ सय करोड रुपैयाँ सम्मको लगानी ...


बुढेसकालको खतरनाक रोग अल्जाइमरबाट कसरी जोगिने?

काठमाडौं, भदौ १८ डा.आशिष दत्त मानसिक रोग बिशेषज्ञ अल्जाइमर भनेको उमेर पुग्दै गएपछि बुढेउलीमा लाग्ने एउटा रोग हो। एल्वाइ अल्जाइमर भन्ने बिशेषज्ञ चिकित्सकले दिनुभएको शब्द हो ‘अल्जाइमर’। यसलाई अल्जाइमर डिमेन्सीया पनि भनिन्छ। बिभिन्न खाले डिमेन्सीय रोग ...


महिनावारी हुँदा शिक्षिकाले ‘अपमान’ गरेपछि १२ वर्षीया बालिकाद्वारा आत्महत्या

काठमाडौं, भदौ १८ महिनावारी अझै हिन्दू समुदायमा सहजै स्वीकार्य छैन। ठूलो जनसंख्याको मानसिकतामा महिनावारी ‘पाप’ का रुपमा परिचित छ। यही ‘पाप’ पन्छाउने र पखाल्ने नाममा धेरै किशोरी र महिला दुर्व्यवहारको शिकार भएका छन्। सुदूरपश्चिममा भर्खरै महिनावारी ...


सम्पत्तिमा इच्छापत्रको व्यवस्था हट्ने

काठमाडौं, भदौ १८ पैतृक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक अन्त्य गर्ने गरी प्रस्तावित इच्छापत्रको व्यवस्थाबाट अन्ततः सरकार पछाडि हटेको छ। संसद्को विधायन समितिले प्रतिवेदन तयार पारी संसद्मा प्रस्तुत गरिसकेको अवस्थामा उक्त व्यवस्था हटाएर विधेयक पारित गर्ने सहमति ...


काठमाडौं-तराई फास्ट ट्रयाक खन्न १० ठाउँमा शिविर

काठमाडौं, भदौ १८ छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन नेपाली सेनाले १० स्थानमा शिविर खडा गर्ने भएको छ। यसअघि पाँच स्थानमा सैन्य शिविर ...


काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन स्थगित

काठमाडौं, भदौ १८ त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काललाई स्थगित गरेको छ। काठमाडौं उपत्यकाभित्र आगामी १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्थासहितको चिकित्सा शिक्षा विधेयक संसदमा विचाराधीन रहेकै बेला त्रिविले करिब ...


राष्ट्रिय गौरवको आयोजनाको डिजाइनमै त्रुटि- इन्जिनियर र  ठेकेदार कम्पनीको चरम लापर्वाही

भदौ १८, २०७४ नेपालगन्ज - राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले बर्सेनि अर्बौँ रुपैयाँ बजेट छुट्टाउँदै आए पनि यसको डिजाइनमा भएको त्रुटीले १० प्रतिशत बजेट पुननिर्माणमा नै सकिने गरेको खबर आजको नागरिकमा छ । सम्बद्ध ...


१९ मन्त्रीलाई पुग्छ क्वाटर : डेरामै खर्च हुन्छ दुई लाख

भदौ १८, २०७४ शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई-दुई लाख नगद दिएको छ ।मन्त्रीको डेरा व्यवस्थापनमा मात्रै ६२ लाख रुपैयाँ खर्च भएको छ । हालै थपिएका २३ ...


छिमेकिको गुनासो : मन्दिर नजिकै निजी संरचना ठडियो , विद्यासुन्दर भन्छन्- महानगरले हैन, पुरातत्वले हेर्छ

१७ भदौ, काठमाडौं । विश्व सम्पदा सूचिमा रहेको वसन्तपुर दरबार क्षेत्रमा अहिले अवैध तरिकाले एउटा भवन निर्माण भइरहेको छ । मन्दिरलाई पेलेर निजी भवन निर्माण भइरहेको जानकारी पाएर पनि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले बेवास्ता गरेका ...


निर्णायकले पावर प्रयोग गरेपछि ‘नेपाल आइडल’बाट कोही पनि बाहिरिएनन्

२०७४ भदौ १७ शनिबार, काठमाडौं । एपी वान टेलिभिजनबाट प्रशारण भैरहेको चर्चित रियालिटी शो ‘नेपाल आइडल’बाट यो हप्ता कोही पनि प्रतिस्पर्धी बाहिरिएका छैनन् । शुक्रबार बेलुकी प्रशारण भएको रियालिटी शोको अन्तिम ४ मा निशान भट्टराइ, प्रताप ...


इम्बोस्ड नम्बरप्लेट- नेपाली भाषाको दोहन ! हतार किन ?

- सुरञ्जन घिमिरे/ २०७४ भदौ १७ शनिबार, काठमाडौं । २०७२ सालको नेपालको संविधानमा नेपालमा अञ्चल उल्लेख छैन । मुलुक संघीयतामा प्रवेश गरिसकेको छ । तर यातायात व्यवस्था विभागले संविधान लत्याउँदै इम्बोस्ड नम्बर अञ्चलको नाममा जारी गरेको ...


नेताहरू भ्रष्टाचारका नायक हुन्

२०७४ भदौ १७ शनिबार - हरिबहादुर थापा लेखक/पत्रकार‘ कान्तिपुर’ दैनिकका समाचार सम्पादक हरिबहादुर थापा लामो समयदेखि भ्रष्टाचार र सुशासनसम्बन्धी समाचार लेखनमा सक्रिय छन् । यही हप्ता उनले राजनीतिक दल, तत्कालीन दरबार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रका भ्रष्टाचारसम्बन्धी मुद्दालाई ...


अमेरिकाको टेक्सासमा नेपाली अलपत्र : मानिसहरु घरभित्रै

भदौ १७, २०७४ अमेरिकाको टेक्सास क्षेत्रमा आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकाको चौथो ठुलो सहर टेक्सासमा ठूलो संख्यामा रहेका नेपालीका दर्जनौं परिवार अलपत्र परेको अवस्थामा रहेको ह्युस्टनमा बसोबास गर्दै आएका नेपाल टेलिभिजनका पूर्व अध्यक्ष ...


यि भ्रस्टाचार संस्थागत भए अब जनताले के गर्ने ?

भदौ १७, २०७४ नेसनल सम्बन्धनमा प्रमुख दलकै निर्देशन: खुल्यो यस्तो रहस्य, प्रमुख दलका शिर्ष नेताहरुको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेज लाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ । विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्ये त्रिवि कार्यकारी परिषदका ...


दार्जिलिङ अशान्त

भदौ १७, २०७४ पश्चिम बंगाल अन्तर्गतको दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ । सावित्री राईसहित १२ पक्राउ गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका ...


आयल निगमको जग्गा प्रकरण -  अनुगमन गरेका सांसदको ज्यानमाथि खतरा

१६ भदौ, काठमाडौं । सातै प्रदेशमा पेट्रोलियम भण्डारण क्षमता विस्तार गर्ने योजनासहित नेपाल आयल निगमले जग्गा खरिद गर्दा आशंका गरिएको अनियमितताका विषयमा व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले हालैमात्र स्थलगत अनुगमन गरेर ...


काङ्ग्रेससँग छुट्टिन निहुँ खोज्दै प्रचण्ड

काठमाडौं, भदौ १६ प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि उहाँले नयाँदिल्लीमा पुगेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउन नहुने भन्दै उहाँको व्यापक आलोचना भएको छ । सत्तासाझेदार दल माओवादी र माओवादी अध्यक्ष प्रचण्डले समेत यस विषयलाई लिएर प्रधानमन्त्रीको ...


महिलालाई प्रधानसेनापति बन्ने बाटो खुल्यो

काठमाडौं, भदौ १६ २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्नसक्नेसम्म बाटो खुला भएको छ । २०७४ सालदेखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय ...


सशस्त्रको सेटिङमा विमानस्थलबाट सुन तस्करी

काठमाडौं, भदौ १६ प्रहरीका उच्च अधिकारीहरू नै पक्राउ परे पनि विमानस्थलबाट सुन तस्करी रोकिएको छैन। पछिल्लोपटक विमानस्थलमा खटिएका सशस्त्र प्रहरीले सुन तस्करीमा सहयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ। गत पुसमा प्रहरीले बरामद गरेको साढे ३३ किलो ...


नागरिक दैनिकविरुद्ध अदालतमा उजुरी

भदौ १६, २०७४ नागरिकको मुख थुन्न ८० करोडको मुद्धा नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपुर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ल अदालतमा ...


फेसबुकमार्फत ३४ जनालाई ठग्ने युवती पक्राउ

भदौ १६, २०७४ विदेशी गिरोहसंग मिनी दर्जनौ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छिन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ बर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । शेपालगायत ब्यक्तिले विदेशबाट महंगो पार्सल ...


राजधानीबाटै उठ्न सक्छ साढे चार अर्ब

भदौ १६, २०७४ नगर क्षेत्रमा मापदण्ड विपरीत बनेका घरमध्ये आधालाई मात्र प्रमाणित गर्न सके काठमाडौं महानगरपालिकाले करिब साढे चार अर्ब रुपैयाँ आम्दानी गर्न सक्ने देखिएको छ । महानगरपालिकाले तयार पारेको राजश्व अनुमानसम्बन्धी आन्तरिक प्रतिवेदनअनुसार महानगर क्षेत्रमा नक्सापास ...


मध्यराति २५० भन्दा बढी कर्मचारी सरुवा : मन्त्रालय तनावग्रस्त

भदौ १६, २०७४ सामान्य प्रशासन मन्त्रालयले बुधबार मध्यराति दुई सय ५० भन्दा बढी कर्मचारी सरुवा गरेपछि बिहीबार बिहानदेखि तनाव भएको खबर छ । नियमविपरीत एकतर्फी रूपमा कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन ...


बाहिरी चक्रपथः शहरी विकास मन्त्रालयले अड्कायो फाइल- ७२ किलोमिटरको उक्त सडकमा पर्ने अधिकांश जग्गा/घर धनीले सहमति जनाइसके

१५ भदौ, काठमाडौं । बाहिरी चक्रपथलाई आवश्यक जग्गा अधिग्रहणका लागि स्वीकृति माग गर्दै मन्त्रालयमा फाइल पठाएको डेढ महिना बित्यो । तर, मन्त्रालयले स्वीकृत गरेको छैन । ७२ किलोमिटरको उक्त सडकमा पर्ने अधिकांश जग्गा/घर धनीले सहमति जनाइसकेका ...


राजधानीमा  ग्याङफाइट, एकको मृत्यु पाँच घाइते -  झगडाको जड संस्थागत लुट

काठमाडौं, १५ भदौ । राजधानीमा फेरी गुन्डाहरुको ग्याङफाइट सुरु भएको छ । गत शुक्रबार भएको एक फाइटमा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ताहचलको वैदेशिक रोजगार कार्यालको छेउमा पसल राख्नेसम्बन्धी ...


राजधानीमा फेरि ठूलो परिणममा सुनसहित ७ जना पक्राउ

भदौ १५, २०७४ राजधानी काठमाडौं फेरी ठूलो परिणाममा सुन सहित ७ जना पक्राउ परेका छन् । रसुवा नाका हुँदै तस्करी गरेर ल्याइएको २२ किलो सुन प्रहरीले बरामद गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सुनसहित ...


बालगुरु आदित्यको नाममा झुठो प्रचार भएकोमा आपत्ति

भदौ १५, २०७४ नेपाल आइडलको विषयमा गुरु आदित्यले भविष्यवाणी गर्नुभएको भनी प्रचारप्रति आदित्य प्रतिष्ठानले आपत्ति जनाएको छ । गुरु आदित्यले प्रतिष्पर्धीहरूमध्ये कुनै एकको नाम उल्लेख गरी उनको विजय हुने भविष्यवाणी गरेको भन्दै सामाजिक सञ्जाल र केही ...


नारायणगढ–मुग्लिन सडक भासिएका कारण  यातायात अवरुद्ध

- रासस/ भदौ १५, २०७४ चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवका अनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर ...


‘हे दैव मलाई अझै दुःख दे’

रंगेली ,मोरङ, भदौ १५, २०७४ मोरङको रंगेली नगरपालिका ९ स्थित दोमहाना बजार नजिकै ५ धुर ऐलानी जग्गामा सानो झुपडी बनाएर बस्दै आएकी शान्ति देवी ऋिषिदेवका छोरा १३ वर्षीय सन्तोष ऋिषिदेवको पेटमा पानी जमेर मृगौला ...


घरैपिच्छे बिरामी, पानी ख्वाउने मान्छेकै अभाव

भदौ १५, २०७४ जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् । तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा रहेको भाइरलले स्थानीयको ...


क्यासिनो सञ्चालकसँग हाऱ्यो सरकार !

भदौ १५, २०७४ –रोशन कार्की उपत्यकामा सञ्चालनमा रहेका जुवाघर (क्यासिनो ले लामो समयदेखि सरकारलाई बुझाउनु पर्ने कर नबुझाई हालसम्म सञ्चालनमा आएको भेटिएको छ । काठमाडौं उपत्यकामा संचालित पाँच वटा क्यासिनो २ वटाले अहिलेसम्म सरकारी कर र ...


अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन : २०० राष्ट्रसेवक उच्च निगरानीमा

भदौ १५, २०७४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले ...


हैकम चलाउने पति होइन, साथी चाहिन्छ

काठमाडौं, भदौ १४ - लक्ष्मी खनाल ५ वर्षअघि नै भारतीय टेलिभिजन च्यानल स्टार प्लसबाट प्रशारण भइसकेको आमिर खानले सञ्चालन गर्ने ‘सत्यमेव जयते’ कार्यक्रममा भारतमा लामो समयदेखि महिलाका अधिकारको क्षेत्रमा काम गरिरहेकी कमला बशिनले बोलेको कुरा अहिले पनि ...


आइतबार सार्वजनिक विदा

काठमाडौं, भदौ १४ सरकारले इस्लाम धर्मावलम्वीको महान चाड बकर ईद (इदुल जोहा)को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै मुस्लिमहरूको महान चाडका अवसरमा भदौ १८ गते आइतबार सार्वजनिक ...


राम रहीमको ‘पूरा सच’ बाहिर ल्याउने पत्रकार, जो गोली हानेर मारिए

१४ भदौ, काठमाडौं । हरियाणा । पंचकुलाको विशेष सीबीआई अदालतले डेरा सच्चा सौदाका प्रमुख गुरमीत सिंह राम रहीममाथि बलात्कारको मुद्दामा दोषी करार गरेका छन् । सन् २००२ मा यो बलात्कार मुद्दाको जानकारी पहिलो पटक पत्रकार रामचन्द्र ...


मन्त्रीपरिषद् बैठक: प्रदेश र संसदको निर्वाचन २ चरणमा, मंसिर २१ गते दोस्रो चरणको चुनाव

१४ भदौ, काठमाडौं । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गते अर्को मिति तय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा ...


देउवा तिर्खाउँदा नेपाली ‘डेलिगेट्स’ पानी–पानी ! प्रधानमन्त्रीको दिल्ली भ्रमण : इनसाइड स्टोरी

काठमाडौं, भदौ १४, – वीरेन्द्र केएम (नयाँ दिल्लीबाट फर्केर) प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे यतिबेला निकै चर्चा–परिचर्चा भइरहेको छ । त्यसो त भ्रमणको चर्चा हुनु अस्वाभाविक कुरा भएन, किनकि यो कुनै चानचुने भ्रमण थिएन, कार्यकारीको राजकीय भ्रमण ...


आइफोनः एक प्रेमकथा

- द न्यूयोर्क टाइम्स काठमाडौँ, भदौ १४ प्रिय आइफोन, दस वर्षपछि पनि हाम्रो साथ टुटेको छैन भन्ने महशुस गर्दा मलाई पत्याउन गाह्रो परिरहेको छ। प्रविधि क्षेत्रमा यति लामो समय कसैसँग जोडिनु भनेको नपत्याउँदो घटना हो। कहिलेकाहीँ अचम्म लाग्छ, त्यस्तो ...


यस्तो ‘सेटिङ’ मा नेसनल मेडिकल कलेजलार्इ सम्बन्धन

काठमाडौं, भदौ १४ मेडिकल काउन्सिलका पदाधिकारी सम्मिलित समितिले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजको अनुगमनपछि भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अवस्था राम्रो भन्दै प्रतिवेदन तयार पार्‍यो।त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले साउन १२ गते कलेजलाई सम्बन्धन दिनुको एक मुख्य ...


कुलमानले भने- 'टिम एक ढिक्का छ'

भदौ १४, २०७४ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री, उर्जासचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएको बताएका छन् । घिसिङले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, -विभिन्न सञ्चार माध्यममा उर्जामन्त्री ...


अस्थायी शिक्षक : पास भए जागिर, फेल भए ?

भदौ १४, २०७४ अस्थायी शिक्षकले स्थायी सेवाको परीक्षामा उत्तीर्ण पास नभए पनि आर्थिक सुविधा गोल्डेन ह्यान्डसेक पाउने गरी कानु िब्यवस्था हुन लागेको छ । यसअघिको आठौं संशोधनले गोल्डेन ह्यान्सेकसहितको अवकाश वा आन्तरिक प्रतिस्पर्धाको सुविधा दिएकोमा ...


साझा प्रकाशनमा बेथिति : कारबाही गर्न मन्त्रीको आलटाल

भदौ १४, २०७४ उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले अनियमितताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिप्रसाद शर्मालाई कारबाही गर्न छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेको छन् । मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकालको नेतृत्वमा गठित ...


आयल निगममा डेढ अर्ब घोटाला : खड्कासंगै तानिए पुर्वमन्त्री बोहोरा

भदौ १४, २०७४ नेपाल आयल निगमको जग्ग खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपुर्तिमन्त्ती दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ । निगम खरिद गरेको ...


डा. केसी अस्पताल भर्ना : के भयो केसीलाई ?

भदौ १४, २०७४ सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् । रिामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । २३ दिनको आमरण अनसनलगत्तै डा. केसी बाढी प्रभावितको उपचारमा खटिएका थिए ...


कुलमानले भने- ‘उर्जामन्त्रीको नेतृत्वमा एक ढिक्का भएर काम गर्दैछौँ, सम्बन्ध बिग्रिएको होइन'

काठमाडाैं,भदौ१३ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री महेन्द्रबहादुर शाही र सचिव अनुपकुमार उपाध्यायसँगको आफ्नो सम्बन्धलाई लिएर प्रकाशित समाचारको खण्डन गरेका छन्। मंगलबार एक दैनिकले उर्जामन्त्री शाही र सचिव उपाध्यायले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ...


बुवालाई कलेजो दिएर बचाउने छोरीको परिवारमा अर्को बज्रपात, आमाको दुवै मिर्गौला फेल

-सागर बुढाथोकी / काठमाडाैं,भदौ१३ काठमाडौं। दुई महिनाअघि २४ वर्षीय छोरी सरिताले आफ्नो कलेजो बुवा हिराकाजी महर्जनलाई दिएर बचाइन्। घटना छोरीले बुवालाई कलेजो दिएर बचाएको साहस र त्यागको मात्र थिएन्। बुवाको उपचारमा परिवारको भएभरको ...


ठग तथा कालोबजारी दुगड अझै किन परेनन् पक्राउ ? ' फ्रुटी'नामक जुस गुणस्तहिन

काठमाडाैं,भदौ१३ –रोशन कार्की लामो समयदेखि पैसाकै भरमा गुणस्तहिन सामाग्रीको उत्पादन गरेर उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरेको आरोपमा पक्राउ पूर्जी काटी सकेको दुगड ग्रुपले अहिले सम्म खुला रुपमा व्यवसाय चलाउदै आएका छन् । कालोबजारी र ठगी मुुद्दामा ...


जथाभावी विदेश भ्रमणमा राज्य ढुकुटीको १९ कराेड खर्च

काठमाडाैं,भदौ१३ सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक व्यक्तिहरूले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिक भ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार ...


नेपाललाई आएन यसपटक निम्तो

भदौ १३, २०७४ लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपालले निम्तो नपाएको बुझिएको छ । गत बर्ष भारतको गोवामा सम्पन्न ८ औं सम्मेलनमा अतिथि राष्ट्रका रुपमा सहभागिता जनाएको नेपालले यसपटक भने निम्तो नपाएको हो । ९ औं ...


... सेनालाई जिम्मा !

भदौ १३, २०७४ सरकारले प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय निर्वाचन अगावै बाढीपहिरोबाट क्षतिग्रस्त सडक–पुल मर्मत तथा पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ । सरकारको बुझाइ सुरक्षा तथा सहज आवतजावतका लागि सडक, ढल, कुलो र ...


निगमकै दलाल जग्गा खरिदमा प्रयोग : चार ब्यक्ति बिचौलिया

भदौ १३, २०७४ नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम भण्डारण पुर्वाधारका लागि जग्गा खरिद गर्दा निगमकै दलाल बिचौलियाको प्रयोग गरेको तथ्य फेला परेको छ । स्थानीय प्रशासनमार्फत मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्नेमा निगमले चार जना ...


मानवअधिकार हनन गर्नेलाई कालो सूचीमा राख्ने तयारी : को–को पर्दै छन् कालोसूचीमा ?

भदौ १३, २०७४ मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हनन गर्नेलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्नु साटो मन्त्रीदेखि विभिन्न ओहोदामा नियुक्त गरेर पुरस्कृत गरिएपछि मानवअधिकार आयोगले ...


वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा 'डिभोर्स'

भदौ १३, २०७४ बैंकमा भएको नगद, घरका बस्तुभाउ बिक्री गरी ईश्मा ४ सिम्पानीकी ३० बर्षीया विना थापा दुधेबालक छाडेर घरबाट हिँडेका तीन साता पुग्न थाल्यो । पति बाबुराम थापा पत्नीको खोजीमा लम्घासमा भौतारिरहेका छन्, तर ...


अख्तियार लगाएर कुलमान हटाउने खेल

भदौ १३, २०७४ दैनिक १२ भन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएको नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेका छन् । गत बर्षको भदौ २९ गते ...


भृृकुटीमण्डपको जग्गा दुरुपयोग

भदौ १३, २०७४ राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडकिो भाउँमा ठेक्कमा लिएर करौर्डौ आर्जन गरिरहेका छन् । समाजकल्याण परिषद्को नाममा प्रर्दशनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र संगैको २५ रोपनी जग्गा सस्तो ...


४ अर्ब बढी दावी सहित हुण्डी कारोबारी विरुद्ध मुद्दा दायर - अहिले सम्मकै सबैभन्दा ठूलो मुद्दा

काठमाडौं, भदौ १२ ४ अर्ब १४ करोड विगो दावी रकम सहित हुण्डी कारोबारी विरुद्ध राजश्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौमा मुद्दा चलाएको छ । हुण्डी कारोबारी विरुद्ध यो अहिले सम्मकै सबैभन्दा ठूलो मुद्दा हो । चार अर्व ...


बाहिरी चक्रपथको फाइल मन्त्रालयमै अड्कियो, जग्गा अधिग्रहणको काम रोकिएपछि आयोजना अलपत्र

Aug 28, 2017 काठमाडौं।बहुचर्चित बाहिरी चक्रपथ विकास आयोजनाको फाइल २ महिनादेखि शहरी विकास मन्त्रालयमा अड्किदा जग्गा अधिग्रहणको काम अघि बढ्न सकेको छैन। उपत्यका विकास प्राधिकरणले शहरी विकास मन्त्रालयकै उदासिनताका कारण बाहिरी चक्रपथ अन्तर्गत ...


जथाभावी प्लटिङ ठगीखाने धन्दा

-विनोद नेपाल / काठमाडौं, भदौ १२ नेपाल दुईवटा व्यवसाय निकै फस्टाएका छन्, वैदेशिक रोजगार र जग्गा दलाली। यी दुई पेशामा संलग्नहरु धेरैले धनी हुने मौका पाएका छन् भने त्योभन्दा ठूलो संख्यामा ठगिनेहरु छन्। अनुत्पादक त हुँदै ...


Prev12345678910111213141516171819Next