मुख्य समाचार

स्थानीय प्रशासनको कमजोरीले गहिरियो नदी बालुवा तस्करको बिगबिगी

असोज ३, २०७४ क्रसर उद्योग तथा स्थानीय ठेकेदारले मापदण्डविपरीत बालुवा झिक्दा नदी झण्डै तीन मिटरसम्म गहिरिएको छ । खोलाको बहावै परिवर्तन हुने गरि अवैध रुपले नदीजन्य पदार्थ निकालिँदा जिल्लाका इन्द्रावती, सुनकोसी, ब्रम्हायणीलगायतका नदी गहिरिएको हो । जिल्ला ...


दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा : श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा

असोज ३, २०७४ म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११ जनाविरुद्ध ...


माओवादीले धनुषामा पनि खाता खोल्यो, वडामा प्यानलै विजयी

काठमाडौं, असोज ३ प्रदेश नम्बर २ अन्तर्गत धनुषामा पनि माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन्। उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको ...


स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं, असोज २ स्थानीय तहको तेस्रो चरणअन्तर्गतको प्रदेश २ का आठ जिल्लामा सोमबार भएको मतदान सकिएको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ...


आयल निगमका प्रमुख खड्का पदच्यूत

काठमाडौं, असोज २ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदच्युत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयल निगमका लागि जग्गा खरिद गर्दा घोटला गरेको आरोप लागेका खड्कालाई हटाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री ...


बढ्दैछ नेपाली नागरिकता त्याग्नेको संख्या

असोज २, २०७४ काठमाडौंमा २०७३/७४ मा ४३ जनाले नेपाली नागरिकता त्यागेका छन् । चालू आर्थिक बर्षको भदौ मसान्तसम्म नागरिकता त्याग्ने १२ पुगेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार तिनमा अधिकांश भारतमा बिहे गरी जाने महिला छन् । अमेरिका, ...


खड्का बलिया कि सरकार ?

असोज २, २०७४ पाँच संसदीइ समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुग्दा पनि कार्यकारी निर्देशक गोपाल खड्का पदमै छन् । प्रधानमन्त्री सत्ता र प्रमुख प्रतिपक्ष दलका नेता, विद्यार्थी, संगठन, तालुक मन्त्री, सांसद्, जग्गा विक्रेता, स्थानीइ ...


अवकाशप्राप्त सांसदलाई सुविधै सुविधा

काठमाडौं, असोज २ अवकाशप्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ। उपसमितिमा दलका फरक फरक धारणा भए पनि प्रतिवेदन सर्वसम्मत रूपमा ...


सुविधै सुविधा: कसलाई कति खर्च ?

काठमाडौं, असोज २ कार्यकाल सकिनै लागेको संसदले संविधानसभाका सदस्यहरुलाई विशेष मर्यादा र पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने निश्चित भएको छ। संसदको राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व पदाधिकारी (पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीरमन्त्रिपरिषदा अध्यक्ष, ...


उपचार खर्च तिर्न नसक्दा विराटनगरको न्युरो अस्पतालले शव दिएन

विराटनगर, असोज २ साढे ३ लाख उपचार खर्च तिर्न नसक्दा मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ पीडारवनीकी ६० वर्षीय गेरीदेवी माझीको शव दुई दिनदेखि विराटनगरको न्युरो अस्पतालमै छ। दुर्घटनामा गम्भीर घाइते भएकी माझी भदौ २८ गते ...


निजी फामेर्सी हटाउन टिचिङले सर्वोच्चको आदेश मानेन

काठमाडौं, असोज २ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङले सर्वोच्च अदालतको आदेशविपरीत अस्पतालको हाताभित्र निजी फामेर्सी हटाउन अटेरी गरेको छ। सर्वोच्चले अस्पताल परिसरभित्रका निजी फार्मेसी हटाउन आदेश दिएको २ वर्ष वित्दा पनि टिचिङले अझै हटाएको छैन। सरकारले ...


८ जिल्लामा मतदान सुरू, सुरक्षा व्यवस्था कडा

काठमाडौं, असोज २, प्रदेश नम्बर २ का ८ जिल्लामा सोमबार बिहान ७ बजेदेखि स्थानीय तहको तेस्रो चरणको निर्वाचन सुरू भएको छ। १३६ स्थानीय तह रहेको प्रदेश नम्बर दुईमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा ...


​सरुवामा करोडौंको चलखेल

असोज १, २०७४, बैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले चुनाव खर्च मागेका कारण कर्मचारी फेरबदल गर्नुपरेको खुलासा गरेका छन् । उनले बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलको सर्वाधिक आकर्षक ...


कांग्रेस नेता प्रदीप पौडेल २४ घण्टादेखि जापानी अध्यागमनको नियन्त्रणमा

असोज १, २०७४ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो ...


पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

असोज १, २०७४ निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीका अनुसार छयासी हजार ८ सय ९५ मध्ये चार हजार ८ सय १२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएकोे जानकारी दिए । उनका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण ...


दरबारमार्गमा पसल खुल्नेबारे अझै अन्योल

काठमाडौं। १५ दिन बितिसक्दापनि दरबारमार्गका सिल गरिएका ब्राण्डेड सपहरु सञ्चालनमा आएका छैनन्। आपूर्ति व्यवस्थापन विभागले १५ दिन अघि दरवारमार्गमा ९ र न्यूरोडस्थित २ गरी जम्मा ११ ब्राण्डेड सपमा सिल लगाएको थियो। सेलका नाममा ठगी गरेको ...


‘परोपकारी’ रेडक्रसमा किन हुन्छ यस्तो गडबड ?

असोज १, २०७४ काठमाडौं–नेपाल रेडक्रसलाई दातृ संस्थाले दिएको सहयोगअनुसार काम हुन्छ कि हुँदैन ? रेडक्रसभित्रैबाट बेलाबेला प्रश्न उठछ् । हुन त समाजसेवी संस्थामा यो प्रश्न उठन नपर्ने हो तर जिम्मेवार पदाधिकारीले नै यस्तो रकममा आँखा लगाएपछि ...


चाडवाडमा विदेश घुमघाम

असोज १, २०७४ काठमाडौं–चाडबाडको समयमा नेपालीहरु विदेशमा घुम्न निस्कने प्रचलन बढेको छ । विदा र आर्थिक आयस्रोत बढ्ने भएकोले विदेशका पर्यटकिय स्थानमा नेपालीहरु पुग्ने क्रम ह्वात्तै वृद्धि भएको टुर अपरेटरहरुले बताएका छन् । असोज ...


सन्दिपले हङहङको छैठौं विकेट लिए

काठमाडौं, असोज १ एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि हङकङको छैठौं विकेट सन्दिप लामिछानेले लिएका छन्। मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १५ ओभर भित्र हङकङका महत्वपूर्ण ५ विकेट लिएको थियो। १० ओभरपछि सन्दिप ...


प्रदेशमा आइजिपी नियुक्तिको तयारी

काठमाडौं, असोज १ प्रदेश सरकारमातहत रहेर काम गर्ने निकायमध्ये संघीय संरचना बनाउनेमा नेपाल प्रहरी पहिलो बनेको छ। एक महिनाअघि नै प्रहरीले सातै प्रदेशमा प्रदेश प्रहरीको कार्यालय स्थापना गरिसकेको छ। सरकारले सातै प्रदेशमा प्रदेश र प्रतिनिधिसभाको ...


खड्काको चलखेल: जग्गा खरिद अख्तियारकै निर्देशनमा

काठमाडौं, असोज १ भारतको नाकाबन्दीका ईन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणज्यि तथा आपूर्ति मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे। खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका ...


त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौला को अवैध कारोबार

३१ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो ...


चुनावमा किन हुन्छ ४८ घन्टा मौन अवधि ?

भदौ ३१, २०७४ काठमाडौँ- निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ । प्रदेश नम्बर २ मा असाेज ...


परमाणु कार्यक्रम पूरा गरेर अमेरिकी सेनाको बराबरीमा आउनेछौंः उत्तर कोरिया

भदौ ३१, २०७४ बीबीसी शुक्रबार बिहानको मिसाइल परिक्षणमाथि चौतर्फी विरोधपछि पनि उत्तर कोरियाली नेता किम जोंग–उनले देशको परमाणु कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता दोहोराएका छन् । उत्तर कोरियाको सरकारी मिडियाले यो खबर सार्वजनिक गरेको हो । समाचार एजेन्सी ...


१२ वर्षीया छोरीलाई आमाले देहव्यापारका लागि बेचिन्

भदौ ३१, २०७४ भारतको मध्यप्रदेशमा बस्ने १२ वर्षीया किशोरीलाई उनकै आमाले नागपुरमा रहेको एक कोठीमा बेचिदिइन् । ती किशोरी लगातार १२ वर्षसम्म शोषणको शिकार भइरहिन् । शोषण सहँदा सहँदै उनी २४ वर्षकी भइन् । एकदिन ...


गोहीको शिकार बने बिदा मनाइरहेका पत्रकार

काठमाडौं, भदौ ३१ बिदा मनाउने उद्देश्यले श्रीलंका पुगेका एक बेलायती पत्रकार गोहीको शिकार बनेका छन् । श्रीलंकाको पूर्वी क्षेत्रमा पर्ने समुद्री किनारअवस्थित पनामा भन्ने पर्यटकीय स्थलमा गोहीको आक्रमणबाट २४ वर्षीय बेलायती पत्रकार पल म्याकलिनको मृत्यु ...


वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी सम्मानित

काठमाडौं, भदौ ३१ वाङ्मय शताब्दि पुरुष डा. सत्यमोहन जोशीलाई शुक्रबार राजधानीमा एक भव्य समारोहबीच सम्मान गरिएको छ। नेवाः जागरण मञ्चको संयोजनमा लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी सम्मान’ समितिका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई ...


नेपाललाई फाइनल प्रवेशका लागि मलेसियबाट १२२ रनको लक्ष्य

काठमाडौं, भदौ ३१ मलेसियामा जारी एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागसि नेपालले घरेलु टोलीसँग १२२ रनको लक्ष्य पाएको छ। मलेसियाको बायुमास ‌ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित ५० ओभरको खेलमा ...


अख्तियारबाट राष्ट्र बैंकको विवरण माग

३० भदौ, काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले एक अर्बभन्दा बढी ऋण लिने ब्यवसायीको विवरण माग गरेको छ। केही दिनअघि राष्ट्र बैंकलाई पत्र लेख्दै अख्तियारले ऋणीको सबै विवरण यथाशिघ्र उपलब्ध गराउन भनेको हो। 'अख्तियारबाट एक अर्बमाथि ...


गोपाल खड्का निलम्बन

३० भदौ, काठमाडौं । संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति ...


लण्डनः अण्डरग्राउन्ड ट्रेनमा बिस्फोट, थुप्रै यात्रु हताहत

भदौ ३०, २०७४ बेलायतको राजधानी लण्डनमा बिस्फोट भएको छ । उक्त बिस्फोट पारसन्स ग्रीन अण्डरग्राउन्ड स्टेशनमा स्थानीय समयानुसार बिहानको ८ बजेर २१ मिनेटमा भएको हो । स्थानीय मिडियाको रिपोर्ट अनुसार बिस्फोटमा थुप्रै घाइते भएका छन् ...


फिल्म ‘अनुराग’ घोषणा भएको १० दिन नबित्दै एलिजाको हिरो फिल्मबाट बाहिरिए

काठमाडौँ, भदौ ३० पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले फिल्म ‘अनुराग’ निर्माण गर्ने घोषणा गरेको १० दिन नबित्दै फिल्मको अभिनेताले फिल्मबाट हात झिकेका छन्। आफै अभिनेत्री भएकी फिल्ममा उनको साथ मोडल दिपक घिमिरेले दिने घोषणा ...


आयल निगममा घोटाला : सेटिङमा जग्गा खरिद

भदौ ३०, २०७४ नेपाल आयल निगमका उच्च अधिकारीले ईन्धन भण्डारणका लागि जग्गा खरिद बोलप आव्हान गर्नुपुर्व विचौलिया संग सेटिङ मिलाएर सुचना सार्वजनिक गरेको पाईएको छ । निगमका अधिकारीसंगको मिलेमतोमा पहिल्यै जग्गा खाजेर सोही लोकेसनलाई ...


राष्ट्रपति–उपराष्ट्रपति चयनको कानुनी व्यवस्था

काठमाडौं, भदौ ३० सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट बिहीबार संसद सचिवालयमा ...


अध्यागमनबाट भिसामा आर्थिक चलखेल

काठमाडौं, भदौ ३० अध्यागमनका कर्मचारीहरूले आर्थिक सेटिङमा प्रवेशाज्ञा (भिसा) दिएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भिसा दिनेक्रममा ४० हजार रुपयाँ मागेको उजुरीका आधारमा विभागका नायव सुब्बा कोषराज भट्टराईलाई पक्राउ गरेको थियो। अमेरिकाको राहदानी ...


उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत

काठमाडौं, भदौ ३० पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उद्धेश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिव सात अर्ब रूपैयाँ घाटा हुन सक्ने देखिएको छ । गौतमलाई सोधिएको स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का ...


देउवा सरकारको हनिमुन

२९ भदौ, काठमाडौ– शेरबहादुर देउवा नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गरिएको छ । सरकारको १०० दिन पूरा भएको अवसरमा बिहीबार सरकारले गरेका कामको प्रगति विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले ...


चार आना सुनको लागि साथीको हत्या !

२९ भदौ, कञ्चनपुर । विद्यालयबाटै हराएका एक किशोरको आफ्नो साथीले हत्या गरेको खुलेको छ । भीमदत्त नगरपालिका-७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ८ मा अध्ययनरत तिलकबहादुर चन्दको शव बिहीबार भेटिएको छ । उनी २५ गतेदेखि ...


कुलमानको घोषणाः १० वर्षमा १२ हजार मेगावाटको वितरण प्रणाली विस्तार

२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १० वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण गर्न सक्ने प्रणाली विस्तारको घोषणा गरेका छन् । आफ्नो एक वर्षको कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङले ...


अन्तत : बलिया बाङ्गा गोपालबहादुर खड्का.......

-विज्ञान अधिकारी/ भदौ २९, २०७४ काठमाडौं । सोमबार साँझ नेपाल आयल निगम संचालक समितिको बैठक आपूर्ति मन्त्रालयमा भइरहँदा कार्यकारी निर्देशक गोपालबहादुर खड्का र उनका सहयोगी भने प्रमुख दलका शीर्ष नेता भेट्न दौडधुपमा ...


‘क्याडर' मात्रै न्यायाधीश सिफारिस-  बारको आपत्ति

भदौ २९, २०७४ न्यायपरिषद्ले सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरेको छ । सर्वोच्चको न्यायाधीशमा कानुन व्यवसायीलाई समेट्ने परम्परालाई तोड्दै यसपल्ट ‘क्याडर' बाट मात्र सिफारिस गरिएको छ । सिफारिसमा कानुन व्यवसायीलाई पाखा लगाएको ...


पशुपतिको जग्गामा ब्रम्हलुट

काठमाडौं, भदौ २९ पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको भाडा रकम हेर्नुपर्छ। कोषले व्यापारिक निकाय ...


संघीय निजामती सेवा ऐनले भन्छ ,कर्मचारीले राजनीति गरे ‘बर्खास्त’!

काठमाडौं, भदौ २९ कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ। सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको ‘संघीय निजामती सेवा ...


आयल निगम जग्गा खरिद प्रकरणमा सञ्चालक समितिकै मिलेमतो

काठमाडौं, भदौ २९ नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणमा सञ्चालक समितिका पदाधिकारीहरूको समेत मिलेमतो देखिएको छ । जग्गा खरिदमा निगम सञ्चालक समितिले गरेको निर्णय र संसदीय समितिमा पदाधिकारीहरूको बयानले जग्गा खरिदको अधिकार योजनाबद्ध रूपमा नै ...


सांसदमार्फत चुनावको मुखमा १० अर्ब बाँडिदै

काठमाडौं, भदौ २९ सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ। प्रतिनिधिसभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ। तर, यतिबेला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौं रुपैयाँका योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को सोमबार ...


सर्वेन्द्र, पुष्कर र रमेशको पुस्तालाई पन्छाउन तीसवर्षे सेवा अवधि हटाइँदै

भाद्र २८ काठमाडौं, प्रहरी सङ्गठनलाई सङ्घीय ढाँचामा लैजान हाल गृह मन्त्रालयमा मस्यौदा गरिएको विधेयक संसद्बाट जस्ताको त्यस्तै पारित गरियो भने नेपाल प्रहरीमा असामान्य स्थिति पैदा हुने र नेतृत्वमा चरम सङ्कट आउने देखिएको छ । सङ्गठनलाई ...


चक्रपथलाई किन देखेनन् राज्यले ? - चक्रपथका व्यापारी धुलोले हौरान

भदौ २८, २०७४ पंचायत गयो, बहुदल आयो, राजा गए, जनताका छोराहरु नेता भए आए तर देश देश जस्तो बन्न सकेन् । धेरैको चिन्ता यहि छ । अखिर देश देशजस्तो किन बन्न सकेन् ? मान्छे मान्छे जस्ता ...


स्थानीय चुनावपछि मधेसमा आन्दोलन हुन्छ कि हुँदैन ?

भदौ २८, २०७४ जनकपुर– स्थानीय तहको चुनावमा ‘मधेसको मुड’ बुझ्ने तराई मधेसमै रहेको रातोपाटीको टिम भदौ २६ गते बिहान सवा आठ बजे वीरगञ्जस्थित वरिष्ठ पत्रकार एवं लेखक चन्द्र किशोरको निवासमा पुगेको थियो । वीरगञ्ज बजारभन्दा ...


यी म्यानपावर कम्पनीले गरे सरकारी निर्देशनको उपेक्षा - ठगी गर्न पाउनु पर्ने माग राख्दै व्यवसायी आन्दोलनमा

भाद्र २८ काठमाडौं, नेपाल सरकारले तोकेकोभन्दा बढी शुल्क लिई विभिन्न देशमा कामदार पठाई ठगी गर्ने ३० भन्दाबढी म्यानपावर कम्पनीलाई कारबाहीको प्रकृयामा लगेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ अनुसार ठगी गरेको आरोपमा ...


फैमिली तेल उद्योगमा आपुर्तीको छापा, उत्पादन र बिक्रीमा रोक, घ्यूमा छापा मार्न कर्मचारीले रोके

-राधेश्याम पटेल/ भाद्र २८ काठमाडौं, वीरगञ्ज। फैमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिव शक्ति घ्यु उद्योगमा आपुर्ती व्यवस्था तथा उपभोक्ता संरक्षण विभाग काठमाडौले छापा मारेको छ। गत राती विभागका शाखा अधिकृत ...


दुःख छ हजुर सिंहदरबारतिर पनि : मन्त्रीको पिए हो कि राज्यमन्त्री कन्फ्युज

भदौ २८, २०७४ अनेकन रस्साकस्सीपछि ठुलो संख्यामा राज्यमन्त्री बनाईए । तर, पीडाको बेग्लै कथा छ सिंहदरबारतिर । केही राज्यमन्त्री कार्यकक्ष गतिलो नभएर साँघुरो कोठामा थन्किएका छन्, त कोही आफु मन्त्रीको पिए हो कि राज्यमन्त्री ...


अन्तर्घाती तीर्थ खनियाँ

भाद्र २८ काठमाडौं, स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन्। कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो। ...


नेपाल आयल निगमका खड्कालाई कारबाही गर्ने सरकारको तयारी

भाद्र २८ काठमाडौं, नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको ...


प्रहरी सेवाबाट अलग हुदैँ सिलवालले भने, ‘मेरो जस्तो नियति कसैले भोग्न नपरोस्’

भाद्र २८ काठमाडौं, नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट हिजैका मितिबाट अलग भएको घोषणा गरेका छन् । हिजै साँझ बिज्ञप्ति निकालेर उनले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् । सरकारले वरियताक्रम अनुसार आइजिपी नियुक्त ...


‘लाचार’ प्रधानमन्त्री -  देउवालाई अप्ठ्यारो पार्ने ‘अदृश्य शक्ति’ को हो ? नैतिकताहीन राजनीतिको पराकाष्टा, दीपक बोहोरा र विक्रम पाण्डेको कारणले प्रधानमन्त्री शेरबहादुर बद्नाम

२७ भदौ, काठमाडौं । संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री कार्यकारी अधिकारसहितको सरकार प्रमुख हो । कसैले चुनौती दिन नसक्ने यही कार्यकारी पदमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिराटनगर पुगेर ‘लाचार’ जवाफ दिएका छन् । नेपाल आयल ...


५९२ सांसद अब ३९ दिनका पाहुना, भाइटीकाकै दिन भूतपूर्व हुने

२७ भदौ, काठमाडौं । व्यवस्थापिका संसदका सांसदहरुको कार्यकाल अब ३९ दिनमात्र बाँकी रहने भएको छ । कात्तिक ५ गते पहिलो चरणको चुनावको उम्मेदवार मनोनयनअघि नै अर्थात ४ गते नै अहिलेका सांसदहरु भूतपूर्व हुनेछन् । नेपालको संविधानको ...


एआईजीलाई दशैं खर्च असुल्न ओभरलोड छुट

रुपन्देही, २७ भदौ । मुलुक सघीय संरचनामा गएपछि पहिलो पटक नेपाल प्रहरीले पनि एआईजीको कमाण्डमा प्रदेश प्रहरी खटाएको छ । प्रदेशको समग्र शान्ति सुरक्षा ब्यवस्थापन गर्ने जिम्मा पाएका कतिपय एआईजी भने मातहतका प्रहरीलाई गैरकानुनी निर्देशन ...


भृकुटीमण्डपको जग्गामा मन्त्रीको लोभी नजर

काठमाडौं, २७ भदौ । भृकुटीमण्डपको ६० रोपनी जग्गा कौडीको मूल्यमा पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको फनपार्कलाई दिएको समाजकल्याण परिषद्ले बाँकी १ सय ३३ रोपनी जग्गा पनि लिजमा दिने तयारी गरेको छ । समाजकल्याण परिषद्को मुख्य आम्दानीको ...


नेपाल प्रहरीमा फेरि बत्तीसको खेल

काठमाडौं, २७ भदौ । ३० वर्ष पदमा बसेर पावरको अभ्यास गर्नुका साथै करोडौं कुम्ल्याउन सफल उच्च प्रहरी अधिकृतहरू ३२ को खेलमा हात धोएर लागेका छन् । उमेर हदभन्दा पाँच वर्ष अगावै घर जानुपर्ने अवस्था आएको ...


बिकास बोर्डको लागि आरजुसँग सेटिङ

काठमाडौं, २७ भदौ । चलचित्र बिकास बोर्डको अध्यक्षका लागि आवेदन माग भएपछि चलचित्र क्षेत्रमा हंगामा मच्चिएको छ । अध्यक्ष हुनका लागि कम्तीमा स्नातक उत्तीर्ण भएको हुनुपर्ने प्रावधान राखिएपछि नेताहरुसँग सेटिङ मिलाएका धेरै चलचित्रकर्मी हिस्स बनेका ...


​बिशेष अदालतको फैसलाले तरंग

काठमाडौं, २७ भदौ । कुनै समय बिशेष अदालतसँग ठूला नेताहरु समेत डराउँथे । किनकि भ्रष्टाचार मुद्दामा हत्तपत्त सफाई पाउने सम्भावना कमै हुन्थ्यो । गौरीबहादुर कार्की बिशेष अदालतको न्यायाधीश भएको बेला बहुचर्चित मुद्दामा फैसला भए, जसले ...


नारायणगढ–मुग्लिन सडक चौबीसै घण्टा सञ्चालन हुने

भदौ २७, २०७४ काठमाडौँ – दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि ...


वैद्यले भने- प्रचण्डसँग होइन, विप्लवसँग एकता

२७ भदौ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा आउन अपिल गरिरहेको बेला किरणले त्यसलाई नकारेका हुन् ...


विवादमा डिआईजी  नवराज सिलवालको मुद्दामा आज फैसला आउला ?

भदौ २७, २०७४ काठमाडौँ – आईजीपी नियुक्तिसम्बन्धी विवादमा डिआईजी नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला आज सुनाउने तय तयारी गरिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, ...


देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दे आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा ...


सुन तस्करका नाईके गाउँपालिकाका अध्यक्ष

भदौ २७, २०७४ भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए । २० दिन विदा लिएरु बसेका ...


माउन्ट एभरेस्टमाथि रुसको दाबी : ध्यानाकर्षण गर्न खोज्यो कि झुक्कियो ?

भदौ २७, २०७४ प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको छ । तर सोमबार मस्कोका कूटनीतिक शाखाले एन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट ...


कहाँबाट निर्वाचन लड्ने तयारी गर्दैछन् शीर्ष नेता ?

काठमाडौं, भदौ २७ निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै दलहरूले निर्वाचनका लागि तयारी थालेका छन्। प्रमुख दलका शीर्ष नेताहरू कहाँबाट चुनाव लड्दैछन् भनेर आजको नयाँ पत्रिकामा ...


खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल

काठमाडौं, भदौ २७ नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उद्धेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय समितिले उनीहरुमाथि प्रचलित कानुन बमाोजिम कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको ...


आयल निगम जग्गा खरिद प्रकरण: पूर्वमन्त्रीदेखि वडा सचिवसम्मको मिलेमतो

काठमाडौं, भदौ २७ व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिद्वारा गठित उपसमितिले आयल निगमले बोलपत्रका माध्यमबाट गरेको जग्गा खरिदमा विभिन्न प्रक्रियागत कमीकमजोरी र त्रुटि रहेको औंल्याएको छ। समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा बोलपत्रको प्रकाशनदेखि मूल्यांकनसम्म ...


मन्त्रीलाई तलब खुवाउनै हम्मे

काठमाडौं, भदौ २७ प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान गरेर वार्षिक बजेट तयार पारेको कार्यालयले ...


किरण लिम्बु उत्कृष्ट पुरूष खेलाडी घोषित

२६ भदौ, काठमाडौं । फुटबलर किरणकुमार लिम्बु वर्षका उत्कृष्ट पुरुष खेलाडी भएकी छन् । पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत उत्कृष्ट खेलाडीको अवार्ड राष्ट्रिय टोलीका गोलरक्षक किरणले जितेकी हुन् । किरण विदेशमा रहेकाले आमालाई अवार्ड प्रदान गरिएको छ ...


आखिर के चाहन्छ उत्तर कोरिया ?

भदौ २६, २०७४ न्युयोर्क टाइम्समा टेकियोबाट मोतोको रिच र डेबिड इ.सेन्जरले आखिर के चाहन्छ उत्तर कोरिया शीर्षकमा सेप्टेम्बर ५ मा समाचार विश्लेषण गरेका छन् । ३३ बर्षीय उत्तर कोरियाली तानाशाहा किम जोङ् उनले एकपछि अर्काेगरी जारी ...


नेपाल विद्युत प्राधिकरणका पूर्व महाप्रवन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २६, २०७४ काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, उत्पादन सञ्चालन तथा सम्भार विभागका पूर्व महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले पदमा रहँदा दुई करोड अठासी लाख बयासी ...


राप्रपा प्रजातान्त्रिकमा भाँडभैलो, सामूहिक राजीनामा दिने १० सांसदको तयारी !

भदौ २६, २०७४ काठमाडौं– सरकारमा सहभागि भएसँगै राप्रपा प्रजातान्त्रिकमा भाँडभैलो सुरु भएको छ । सरकारमा सहभागि हुने विषयमा राप्रपा पृष्ठभूमिबाट आएकाहरुलाई अध्यक्ष पशुपति शमशेर राणाले उपेक्षा गरेको भन्दै सो समूहका सांसदहरुले सामूहिक राजिनामा दिने तयारी ...


एक मोडलको बयान, ‘मेरो स्तन निकै ठूलो भएकाले मानिसहरु मसँग काम गर्न चाहँदैनन्’

२६ भाद्र २०७४,  बीबीसी अमेरिकी मोडल एमिली रटजकोस्कीले आफ्नो ‘सेक्सी इमेज’ का कारण अन्य महिलाले उनीसँग काम गर्न अस्विकार गरेको बताएकी छिन् । रबिन थिकको विवादित भिडियो ट्रेक ब्लर्ड लाइन्समा नृत्य गरेपछि २७ वर्षीया एमिली चर्चामा ...


निर्वाचन आयोगले भन्यो– मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन हुन्छ

२६ भदौ, काठमाडौं । निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै आपत्ति जनाएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन कार्यतालिका लागू भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको उल्लंघन हुने बताए । ‘मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिता ...


८६ हजार कर्मचारी खटाइँदै

काठमाडौं, भदौ २६ संघीयता कार्यान्वयनसँगै ८६ हजार निजामती कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा खटाइँदै छ। संविधानको धारा ३०२ को उपधारा २ अनुसार सरकारले केन्द्रमा रहेका ८६ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा खटाउने ...


श्राद्ध गर्ने व्यस्त छन् पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, भदौ २६ पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ। करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न ...


खेलाडी तथा प्रशिक्षक संघको अध्यक्षमा महर्जन

भाद्र २५, काठमाडौं । नेपाल खेलाडी तथा प्रशिक्षक संघको दोश्रो साधारणसभाबाट अध्यक्षमा महेश महर्जन निर्वाचित भएका छन् । उपाध्यक्षमा छोरी डंगोल निर्विरोध निर्वाचित भइन् भने अर्को उपाध्यक्षमा मनोज खड्गी निर्वाचित भए । त्यस्तै महासचिवमा राजेन्द्र ...


प्रधानमन्त्रीद्वारा अवाले र महर्जन सम्मानित

काठमाडौं, भदौ २५ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनलाई सम्मान गरेका छन् । ज्पापु समाज ललितपुरको २४ औं बार्षिकोत्सवका अवसरमा खेलकुद क्षेत्रमा योगदान पु¥याउन समाज भित्रका ...


अख्तियारले नै भ्रष्टाचारको फाइल बन्द गरेपछि…!

काठमाडौं, भदौ २५ नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) डेभलपमेन्ट बैंक लिमिटेडले करोडौ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको फाइलनै आयोगले विना छानविन बन्द गराएको समाचार बाहिर आएको छ । तत्कालिन समयमा ...


यातायात व्यवसायीसँग झुक्यो सरकार, मंगलबारबाट टिकट बुकिङ खुल्ने

काठमाडौं, भदौ २५ अप्ठ्यारो परिस्थितिलाई हतियार बनाएर स्वार्थ सिद्धि गर्ने प्रवृत्ति उजागर गर्दै यातायात व्यवसायीले फेरि पनि सरकारलाई झुकाएका छन् । कानुनविपरीत बसमा छत राखेर यातायात सञ्चालन गर्न पाउनुपर्ने अडान तेस्र्याउँदै दशैंको अग्रिम टिकट बुकिङ रोक्दै ...


ओली अझै मधेस झरेनन्

काठमाडौं, भदौ २५ स्थानीय निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्षनेताको ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेस यात्रा भने अहिलेसम्म निश्चित हुन सकेको छैन। अध्यक्ष ओलीको सचिवालयअनुसार उनी यही भदौ २८ ...


चोभार–दक्षिणकाली सडकको सास्ती हटाउन दुई मेयर एउटै कोठामा

दक्षिणकाली, भदौ २५ शुक्रबार बिहान सवा ११ बज्दा दक्षिणकाली नगरका मेयर मोहन बस्नेत आफ्नो कार्यालयमा कसैलाई पर्खिरहेका थिए। ‘बाह्र बजे आउँछु भन्नुभएको छ,’ उनले घडी हेर्दै भने, ‘एकछिन अझै कुरौं।’ साढे ११ बजे कीर्तिपुर नगरका मेयर रमेश महर्जन ...


सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर!

काठमाडौँ, भदौ २५ सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको ...


भृकुटीमण्डपको फनपार्कमा मिलेमतोः राज्य बेखबर

काठमाडौं, भदौ २५ समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाडौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन्। जग्गा तथा घरटहरा भाडामा दिएको १४ ...


नेशनल मेडिकल कलेज सम्बन्धनका २४ ‘खलपात्र’

काठमाडौं, भदौ २५ गत साउन १२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठक सुरु हुनासाथ रेक्टर सुधा त्रिपाठीले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने ठाडो प्रस्ताव गरिन्। परिषदा ६ सदस्यलाई गोप्य रुपमा पहिल्यै एजेन्डा जानकारी गराएर बैठक ...


राजा वीरेन्द्रलाई भन्न चाहन्थें ‘हिँड्न सक्ने भएरै लामो यात्रामा निस्केकी हुँ सरकार’ सत्यभामा, पहिलो महिला न्यायाधीश

भाद्र २५, काठमाडौं । बारा जिल्ला अदालतमा एक विधवाविरुद्ध मुद्दा दर्ता भयो। उनका छोरा थिएनन्। एउटी छोरी बिहे भएर गइसकेकी थिइन्। उनले आमाबाबुको अंश पाउने कानुन थिएन। पतिबाट पाएको २५ बिघा जग्गा हक हस्तान्तरण गर्न नपाउने ...


रक्सी खुवाउनेहरू औषधि खुवाउँदैनन्

२०७४ भदौ २४ आफू ठीकठाक छु भन्ने सोचिरहेका लमजुङका रामहरि अधिकारी (४४) लाई एकैदिन सारा रोग देखा परे । ०७२ जेठ ७ गते ‘केआई नेपाल’ नामक सामाजिक संस्थामार्फत भूकम्पप्रभावितलाई राहतस्वरूप टेन्ट पुर्याउन उनी नुवाकोट हान्निए । ...


पत्रकारलाई तिनको धर्म पालन गर्ने स्वतन्त्रता र अवसर दिए भ्रष्टाचार नियन्त्रणमा मिडिया मालिकको सबैभन्दा धेरै योगदान हुने

- प्रतिक प्रधान / २०७४ भदौ २४ , काठमाडौं संसारको सबै देशमा भ्रष्छाचार हुन्छ । कतै राज्यको नीतिले नै भ्रष्टाचारलाई सघाउ पुग्छ भने कतै व्यक्ति वा समूह विशेषले भ्रष्टाचार गर्छ र राज्यले भ्रष्टाचारीलाई दण्ड दिन्छ ...


नुवाकोटमा यात्रुबाहक बस दुर्घटनाः ३ महिलाको शब भेटियो

भदौ २४, २०७४ काठमाडौं– काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बस टोखा छहरे सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिकास्थित गुरुङ गाउँमा शनिबार मध्यान्ह दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीश राज ...


मेक्सिकोमा शताब्दिकै ठूलो भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६१ पुग्यो

भदौ २४, २०७४ - बीबीसी मेक्सिकोका अधिकारीका अनुसार मेक्सिकोको दक्षिणी समुन्द्री तटमा शुक्रबार आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढेर ६१ पुगेको छ । मेक्सिकाका राष्ट्रपति इन्रिके पेना नियेटोले दक्षिणी समुन्द्री तटमा यो शताब्दिकै सबैभन्दा शक्तिशाली ...


चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा

२३ भदौ, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न संघीय संसदको चुनाव चितवनबाट लड्ने घोषणा गरेका छन् । प्रचण्डले चितवनको कुन क्षेत्रबाट लड्ने तय हुन बाँकी रहेको बताए । प्रेस सेन्टरले शुक्रबार भरतपुरमा ...


बैकल्पिक उर्जाको ५ अर्ब बेरुजु, व्यक्तिको जायजेथाबाट असुल्ने लेखा समितिको चेतावनी १३ करोडको पेश्की, ९० करोडको स्रेस्ता नै गायव

२३ भदौ, काठमाडौं । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा ५ अर्ब भन्दा बढी बेरुजु तिर्न त्यहाँका पदाधिकारीले अटेरी गरेको भन्दै सार्वजनिक लेखा समितिले जायजेथाबाट असूल उपर गर्ने चेतावनी दिएको छ । महालेखा परीक्षकको कार्यालयले यति ठूलो बेरुजु ...


७४ बर्षपछि जंगबहादुरका पालामा बनेको मुलुकी ऐन प्रतिस्थापनको तयारी

भदौ २३, २०७४ काठमाडौं– ७४ बर्षपछि मुलुकी ऐन प्रतिश्थापन हुने भएको छ । शुक्रबार बस्ने व्यवस्थापिका संसदको बैठकमा देवानी संहिता विधेयक तथा विभिन्न आयोग गठन सम्बन्धि प्रस्ताव छलफलपछि पारित गरेर प्रतिश्थापन गर्न लागिएको हो । ...


‘नेपाल आईडल’ मा मैले गरेको भोटमाथि शंका गर्ने अधिकार न्यौपानेलाई कसले दियो?

भदौ २३, २०७४ - सुबास शर्मा पछिल्लो समयमा हरेकजसो नेपालीको मुखमा झुन्डिएको नाम हो ‘नेपाल आईडल।’ देशदेखि विदेशका विभिन्न ठाउँसम्म छरिएर बसेका लाखौं नेपाली माझ लोकप्रिय कार्यक्रम हो नेपाल आईडल। भर्खरै खुलेको देशकै पहिलो एचडी च्यानलले बिश्वकै चर्चित ...


जनता बैंकको संचालक गुरुप्रसाद न्यौपानेको  २ करोड १३ लाख रुपैयाँको सेयर जफत

भदौ २३, २०७४ नेपाल राष्ट्र बैंकले जनता बैंकमा भएको गुरुप्रसाद न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको छ । सो निर्देशन पछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको जनाएको छ । न्यौपानेले आफु संचालक भएको अवस्थामा श्रीमतीको ...


आजीवन सेवा–सुविधा खोज्दै सांसदहरू

काठमाडौं, भदौ २3 पूर्वविशिष्ट व्यक्तित्वहरूलाई मासिक लाखौँको सेवा–सुविधा दिने कानुन निर्माणको अन्तिम चरणमा छ । सरकारले ल्याएको विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ । त्यसमै पूर्वसांसदलाई समेत समावेश गरेर आजीवन सेवा–सुविधा दिने व्यवस्था ...


एमालेलाई बढार्न त्रिपक्षीय गठबन्धन सक्रिय - एमालेलाई एक्ल्याउने, गलाउने र तिनका नेता तथा कार्यकर्तालाई निरुत्साहित तुल्याउने योजना

भदौ २३, २०७४ मधेसी नेता तथा कार्यकर्ताको हैसियत स्थापित गर्दा प्रदेश नम्बर २ मा एमालेको स्थिति कमजोर बन्दै जाने विश्वासका आधारमा मधेसी नेता तथा कार्यकर्ता माओवादी प्रवेशको अभियान चलाईएको हो । यसबाहेक अनूरुपका काम पनि ...


Prev12345678910111213141516171819Next