राजनीति > नेपाल राजनीति > प्रधानमन्त्री ओलीलाई बाटो बनाउन ज्ञवाली चीनतिर

प्रधानमन्त्री ओलीलाई बाटो बनाउन ज्ञवाली चीनतिर

काठमाडौं, २ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएर आराम गर्न नपाउँदै चीनतिर हानिन खोज्दैछन् । ओलीको भ्रमणलाई सहज बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बैशाख ३ गते सोमबार चीन जाँदैछन् । उनी चीनमा ६ दिन बस्नेछन् । ज्ञवालीले ओलीको भ्रमणसंगै चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउनका लागि पहलसमेत गर्नेछन् । उच्चस्रोतका अनुसार प्रधानमन्त्री ओली यही बैशाखमै चीन जाँदैछन् । तर यसपटक के सम्झौता होला त भन्ने चासो सुरु भएको छ । औपचारिक भ्रमणमै जाने भएपछि परराष्ट्रमन्त्रीको भ्रमणमै सम्झौताहरु हुन पनि सक्छन् । तर नेपालको हातमा केही नरहेकाले यदि सम्झौता भए भ्रमणकै क्रममा तय हुनेछन् । ओलीको भ्रमणका लागि पनि एजेन्डा तिनै हुनेछन् । किनकि भारत पहिल्यै गएर फर्केका ओलीका लागि चीनमा पनि पक्कै कुनै डिजाइन बन्दै गरेको हुनुपर्छ । प्रधानमन्त्री ओली यसअघि ०७२ चैतमा चीन भ्रमणमा गएका थिए ।

views: 106


लोकप्रिय समाचार