राजनीति > नेपाल राजनीति > दिवंगत काङ्ग्रेस नेता खड्काको अन्तिम संस्कार आजै

दिवंगत काङ्ग्रेस नेता खड्काको अन्तिम संस्कार आजै

१८ चैत , काठमाडौं उपचारका क्रममा गत शुक्रबार भारतको एपोलो अस्पतालमा दिवंगत हुनुभएका नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्को पार्थिव शरीर शनिबार राती स्वदेश ल्याइएको छ । करिव ११ बजे राती नेता खड्काको पार्थिव शरीरसँगै उहाँकी पत्नी, छोरीलगायतका आफन्तजन काठमाडौं आएका हुन् । नेता खड्काको शव श्रद्धाञ्जलीका लागि सानेपास्थित उहाँकै निवासमा राखिएको छ । राती नै ठूलो संख्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका पार्टी कार्यकर्ता, आफन्तजन एवम् शुभचिन्तकहरूले नेता खड्काको पार्थिव शरीर लिएर उहाँको निवास सानेपा पुगेका थिए । दिवंगत नेता खड्काको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनको १ बजेसम्म सानेपास्थित पार्टी कार्यालयमा राखिने बताइएको छ । आइतबार ३ बजे अन्तिम संस्कारको लागि पशुपति आर्यघाट लगिने नेपाली काङ्ग्रेस पार्टी कार्यालयसुत्रले जनाएको छ ।

views: 56


लोकप्रिय समाचार