समाज > वास्तु > उद्यमशीलता सिकाउँदै कर्ण शाक्यको सोच समूह

उद्यमशीलता सिकाउँदै कर्ण शाक्यको सोच समूह

सोमबार, माघ ८, २०७४ पर्यटन व्यवसायी कर्ण शाक्य अहिले व्यवसायबाट औपचारिकरुपमा विदा भएका छन्। पाँचवर्षदेखि व्यवसायबाट टाढा रहे पनि उनको व्यस्तता भने घटेको छैन बरु परिवर्तन भएको छ। नाफा,घाटा, होटलबाट उनी हाल सकारात्मक तथा उत्प्रेरणात्मक अभियानमा संलग्न छन्। सकारात्मक कोष बनाएर सकारात्मक सोच प्रवाहको अभियान लिएर उनी अहिले पनि उत्तिकै दौडधुपमा छन्। तर नाफा घाटाभन्दा टाढा। ‘एउटा असल नागरिक निर्माणको लागि छलफल र बहस गर्ने र लागू गर्ने समूह नै सोच समूह हो’ शाक्यले भने। यसरी एउटा असल नागरिक बन्न वा हुनका लागि केके गर्नुपर्छ भन्ने सम्बन्धमा कोषले किताब नै प्रकाशन गरिसकेको छ। त्यसरी अभियान्ताहरुले आग्रह गरेमा वा सकेसम्म शाक्य आफै पुगेर त्यस्ता सामग्री वितरण गर्ने गरेका छन्। शाक्यले लेखेका किताब बिक्रीबाट आएको रोयल्टीबाट संचालित उक्त कोषले ति पुस्तकहरु प्रकाशन र वितरण गर्ने गरिएको छ। समाजमा नकारात्मक सोचको ठाउँमा उत्सुक, गालीको ठाउँमा प्रश्न, प्रश्नको ठाउँमा जवाफदेहिता खोज्न सिकाउनु नै यो समूहको ध्येय हो। तर र यो कुनै संगठन नभई अभियान भएको शाक्यको भनाइ छ। ‘यो नागरिक अभियान हो यसमा कुनै राजनीति भाषा, जात र क्षेत्रसँग कुनै साइनो छैन’ उनले भने,‘ न त यो कुनै संगठन हो न यसमा कुनै पद हुन्छ केवल यसमा अभियान्तामात्र हुन्छन्।’ २० जनाभन्दा बढी व्यक्तीहरु एकठाउँमा बसेर महिनाको दुईपटक कुनै एकान्त ठाउँमा गएर छलफल गर्ने एउटा समूह नै सोच समूह हो। तर त्यसरी बस्ने सबै समूह सोच समूह नहुने शाक्यको भनाइ छ। ‘यसका केही मान्यता छन्, न भन्ने शब्दबाट कुनै पनि कुरा नगर्ने, सम्भावना, सफलता र अवसरका कुरा गर्ने समूह नै सोच समूह हो’ शाक्यले भने। सफलता,,सम्भावना,उद्योगधन्दा,व्यवसायका बारेमा छलफल गर्नेमात्र त्यस्तो नागरिक अभियान समूह हुने उनको भनाइ छ। त्यस्तो समूहमा कुनै पद हुँदैन केवल सबै अभियान्ता हुन्छन्। समूहले कुनै पनि आर्थिक उपार्जनका काम र सामूहिक हैसियत देखाउँदैन। नौं महिना अगाडि कोष स्थापना गरी अभियान सुरु भएकोमा हालसम्म देशभर ८०÷९० भन्दा बढी समूह बनिसकेका छन्। तर यस्ता समूह कसैसँग अनुमति लिनुनपर्ने भएकोले त्यो भन्दा बढी भएको शाक्यको अनुमान छ। त्यस्ता समूहलाई कोष वा कसैले पनि कुनै सहयोग गर्दैन केवल केही किताव बाहेक। ‘उद्यमशीलता, स्वावलम्बी सचेत र जिम्मेवार नागरिक निर्माणका लागि हामीले जोड दिन्छौं त्यसको लागि हामीले कोषले निकालेका केही किताव दिन्छौं’ शाक्यले भने। कोषले दिने त्यस्ता किताबमा व्यक्तिगत आनीवानीदेखि उद्दम,व्यापार कसरी गर्नेसम्मका आइडिया दिइएको छ। जस्तै कुनै पनि व्यक्तीले ठेलागाडामा ममको व्यवसाय कसरी गर्नसक्छ भन्ने फेहरिस्त भएका सामग्री छन्। त्यस्तै सामन्य व्यवसायबाट उन्नति गरिरहेका नेपाली युवाहरुका सफलताका कथा पनि ति सामग्रीमा उल्लेख छन्। समाजमा सकारात्मक विचार प्रवाह गर्ने अभियानमा लागेका शाक्य गाली र प्रश्न,कुठा र उत्सुकता फरक भएको बताउँछन्। ‘उत्कुसकता त उद्दमशिलताको लागि आवस्यक गुण हो त्यस्तै प्रश्न पनि असल नागरिकहुने बाटो हो तर कुण्ठा, गालीले भने कसैलाई कहिं पुर्याउँदैन’ उनले भने।

views: 98


लोकप्रिय समाचार