राजनीति > विश्व राजनीति > ट्रम्पको भाषण कुकुर भुकाई : उत्तर कोरिया

ट्रम्पको भाषण कुकुर भुकाई : उत्तर कोरिया

असोज ६, २०७४ उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषण कुकुर भुकाई भएको जनाएको छ । न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय परिसरमा संवाददातासंग उत्तर कोरियाली विदेशमन्त्री री योङ होले कुकुरको भुकाईले कुनै अर्थ नराख्ने को सज्ञा दिए । बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले 'अमेरिका र उसका मित्र शक्तिलाई रक्षा गर्न उत्तर कोरियालाई ध्वस्त गर्ने चेतावनी' दिएका थिए । उनले आफ्नो सम्बोधन धेरै समय उत्तर कोरिया र ईरानको आलोचनामा खर्चेका थिए । ट्रम्पले ईरानलाई भ्रष्ट तानासाही को संज्ञा दिँदै आतंकवादलार्य सहयोग र समर्थन नरोके कडा कदम चाल्ने चेतावनी दिएका थिए । ट्रम्पको भनाईको उत्तर कोरियाले पहिलोपल्ट आधिकारिक प्रतिक्रिया दिएको हो । एउटा भनाई छ, कुकुर भुक्दै गर्दा पनि परेड चलिरहन्छ, रीले भने, यदि ट्रम्पले हामीलाई कुकुरको भुकाईमार्फ अचम्मीत पार्न खोजेका हुन् भने, उनले सपना देख्दै छन्, राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको भए पनि उत्तर कोरियाले त्यसलाई बेवास्ता गर्दे परमाणु कार्यक्रम निरन्तर अघि बढाईरहेको छ ।

views: 61


लोकप्रिय समाचार