समाज > वास्तु > आजदेखि बडादशैं शुरु, घरघरमा जमरा राखिदै

आजदेखि बडादशैं शुरु, घरघरमा जमरा राखिदै

२०७४ असोज ५ काठमाडौं । बुधबारदेखि हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं सुरु भएको छ । आज आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादशैंको पहिलो दिन विभिन्न शक्तिपीठ तथा दशैंघरमा घटस्थापना गरिँदैछ । आज विहानै उठी स्नान गरेर पूजास्थलमा विशेष घडा थापिने र पूजा गर्ने चलन छ । घडामा भगवती दुर्गाको विशेष पूजा गरिन्छ र जौ रोपिन्छ । नौ दिनमा तयार भएको जौका जमरा देवीको प्रसादस्वरूप मान्यजनको हातबाट लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टिका लगाई आर्शिबाद लिने चलन छ ।

views: 66


लोकप्रिय समाचार