राजनीति > विश्व राजनीति > संयुक्त राष्ट्रसंघको महासभामा कतारी राजाले भने-कतारमाथिको नाकाबन्दी कपटपूर्ण व्यवहार

संयुक्त राष्ट्रसंघको महासभामा कतारी राजाले भने-कतारमाथिको नाकाबन्दी कपटपूर्ण व्यवहार

असोज ५, २०७४ दोहा।कतारका राजा सेख तमिम बिन हमाद अल थानीले कतारमा भइरहेको कुटनीतिक संकट समाधानका लागि विश्वसमुदायको ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कतारी राजा अल थानीले साउदी अरबको नेतृत्वमा भइरहेको नाकाबन्दी शान्तिपूर्ण रूपमा अन्त्य गर्न आह्वान गरेका हुन्।“कुनै पूर्व जानकारी र कुनै चेतावनी विना कतारमाथी जवरजस्ती लगाइएको नाकाबन्दी एक प्रकारको कपटपूर्ण व्यवहार हो,” अल थानीले भने। उनले हरेक राज्यको सार्वभौमसत्ताको सम्मान गरेर कलह अन्त्य गर्न आग्रह गर्दै वार्ताको माध्यमबाट समान हैसियत कायम गर्न पनि सबैको ध्यानाकर्षण गराए। गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा कतारका छिमेकी देशहरू बहराइन, इजिप्ट र यूएईले कतारलाई कूटनीतिक रूपमा एक्लाउने भन्दै नाकाबन्दी गरेका छन् । उनीहरूले आफ्नो आकाशमा कतार एरवेजलाई उड्न पनि दिएका छैनन भने कतारसँगको कूटनीतिक सम्बन्ध एकपक्षीय रूपमा तोडेको बताएका छन् । कतारले आतंकवादीहरूलाई सहयोग र समर्थन गरेको ती देशहरूको आरोप छ । तर कतारले भने त्यसलाई पूरै अस्वीकार गर्दै आइरहेको छ । “हतारले आफै आतंकवादसँग लडिरहेको छ, अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई महसुस गरेकै छ, आगामी दिनमा पनि आतंकवादविरुद्ध लडिनै रहने छ,” कतारी राजा अल थानीले भने। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गरेर आफ्नो देशमा देखिएको समस्याको अवगत गराउनुका साथै उक्त समस्याको समाधानका लागि अमेरिकाले मध्यस्थता गरिदिनुपर्ने आग्रह गरे।

views: 55


लोकप्रिय समाचार