अर्थ /वाणिज्य > सेयर बजार > दशैंको दक्षिणा नमास्नु, कोजाग्रतको अघिल्लो दिनदेखि १.८ करोडको आइपीओ आउँदै

दशैंको दक्षिणा नमास्नु, कोजाग्रतको अघिल्लो दिनदेखि १.८ करोडको आइपीओ आउँदै

आश्विन ४, २०७४ काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाले दशैं विदा सकिएलगत्तैदेखि साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ । यो माइक्रोफाइनान्स कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका कुल १ लाख ८० हजार कित्ता सेयरको आइपीओ गर्ने भएको हो । सपोर्ट माइक्रोफाइनान्सका एक अधिकारीले दिएको जानकारी अनुसार आगामी असोज १८ देखि आइपीओ निश्कासन हुनेछ । दशैंको कोजाग्रत पूर्णिमाको ठीक अघिल्लो दिनदेखि निश्कासन हुने आइपीओमध्ये ५ प्रतिशत ११ वटा म्युुचुुअल फण्डहरुका लागि छुट्याइएको छ । आइपीओमा असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । सपोर्टको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ। इच्छुक सेयरधनीले न्यूनतम ५० कित्ताको दरले आवेदन दिन सक्नेछन् । यसको अर्थ ५ हजार रुपैयाँ भए यो कम्पनीको आइपीओमा लगानी गर्न सकिनेछ । विशेष गरी दशैंको दक्षिणा भेला पारी फजूल खर्च गर्नेहरुका लागि यो कम्पनीको आइपीओ लगानीको राम्रो विकल्प बन्नसक्छ ।

views: 70


लोकप्रिय समाचार