अर्थ /वाणिज्य > अटो > महिन्द्राले ल्यायो अर्को इलेक्ट्रिक कार, मुल्य ३१ लाख

महिन्द्राले ल्यायो अर्को इलेक्ट्रिक कार, मुल्य ३१ लाख

आश्विन ४, २०७४ महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नयाँ स्मार्ट सिटी कार ‘इ टु ओ प्लस’ बजारमा ल्याएको छ । ललितपुरमा एक भब्य कार्यक्रम गरेर नेपालका लागि आधिकारिक विक्रेता अग्नी समूहले इलेक्ट्रिक नयाँ स्मार्ट सिटी कार इ टु ओ प्लस बजारमा ल्याएको हो । महिन्द्राले यसअघि नेपाली बजारमा इटुओ इलेक्ट्रिक कार बजारमा ल्याएको थियो । शून्य उर्सजनका साथ नयाँ इ टु ओ प्लसले अब पुरै नेपालको सहरी गतिशिलतालाई नयाँ अवधारणा स्थापित गर्ने अग्नी समूहले विश्वास लिएको छ। महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेसनल अप्रेसन प्रमुख अरविन्द माथेयुले नयाँ गाडीले इकोसिस्टममा सहयोग पुग्ने बताए। भारतमा यस गाडीले राम्रो बजार भाउ पाएको उनले बताए। महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेसनल अप्रेसन साउथ एसियाका उपाध्यक्ष सन्जिव जादवले नयाँ स्मार्ट सिटी कार इ टु ओ प्लस कार नेपालका लागि उपयुक्त हुने बताए। नेपाल सरकारले पनि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरेको भन्दै उनले धन्यवाद दिए। वातावरण मैत्री यो कार न्युनतम मुल्यमा संचालन गर्न सकिने उनले बताए। अग्नी समूहका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले महिन्द्रासँगको २५ वर्षदेखि गौरवमय सहकार्यका साथ अगाडि बढेको बताए। ‘हामीले नेपालमा विद्युतीय सवारी साधन विगतदेखि नै ल्याएका थियौं, ‘ उनले भने ‘ भविष्यमा इन्धनको चरम संकट तथा वातावरण प्रदुषणजस्ता कारणले गर्दा यो कार ग्राहकको पहिलो रोजाइमा पर्ने मैले विश्वास लिएको छु ।’ यो कारको मुल्य ३१ लाख रुपैयाँ तोकिएको छ। कार किन्न चाहनेहरुलाई १ लाख छुटको व्यवस्था अग्नी समूहले गरेको छ। यो कार विभिन्न चार रंग निलो, स्पार्किङ रेड वाइन, आर्सेनिक सिल्भर र सेतो रंगमा उपलब्ध छ। विशेषता १, एक पटक चार्ज गरेपछि १ सय ४० किलोमिटर कुद्ने, ९० मिनेटमा फुल चार्ज हुने २, ८५ किमि प्रतिघन्टाको दरले दौड्ने ३, अत्याधुनिक इलेक्ट्रिक ड्राइभट्रेन टेक्नोलोजी प्रविधि प्रयोग ४,आकर्षक डिजाइन, पर्याप्त स्पेस, ४ जना अट्ने ५,घरमा चार्ज गर्न सकिने ६,किफायती ७, कारलाई टाढैबाट कुलिङ गर्ने प्रविधि जडान ८,स्मार्टफोन एप्स

views: 86


लोकप्रिय समाचार