अर्थ /वाणिज्य > सेयर बजार > नेप्सेको सिइओमा ५ जनाको नाम छनोट, सूचीमा के को परे ?

नेप्सेको सिइओमा ५ जनाको नाम छनोट, सूचीमा के को परे ?

भदौ २३, २०७४ काठमाडौं– सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि ५ जनाको नाम छनोट गरेको छ । अर्थ मन्त्रालयले आवेदन परेका मध्येवाट शुक्रबार व्यवसायीक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्र्तवार्ताका लागि ५ जनाको नाम छनोट गरेको हो । खुला प्रतिश्पर्धावाट नेप्सेको सिइओ छनोट हुन लागेको हो । जसका लागि यसअघि मन्त्रालयले शैक्षिक योग्यता र व्यवसायीक कार्ययोजना सहित आवश्यक आवेदन पेश गर्न आब्हान गरेको थियो । उनीहरुले प्राप्त गरेको अंकका आधारमा अन्र्तवार्ताका लागि ५ जनालाई छनोट गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले चावहिल काठमाडौका चन्द्रसिंह साउद, पुरानो वानेश्वरका प्रमोदराज शर्मा, शान्तिनगर झापाका प्रविन पन्दाक, भैरवी दैलेखका मनोजकुमार ज्ञवाली र बालाजु काठमाडौंका सीताराम थपलियाको नाम छनोट गरेको हो । अन्र्तवार्ता र व्यवसायीक योजनाका आधारमा ५ जना मध्ये एक जनालाई अर्थले नेप्सेको सिइओमा छनोट गर्नेछ ।

views: 97


लोकप्रिय समाचार