खेलकुद > अन्तरराष्ट्रिय > विश्वकप छनोट : अर्जेन्टिना बराबरीमा रोकियो

विश्वकप छनोट : अर्जेन्टिना बराबरीमा रोकियो

भदौ १७, २०७४ काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनौटमा बराबरीमा रोकिएको छ । सन् २०१८ मा रुसमा हुने विश्वकपको छनोट अन्तर्गत बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको हो । उरुग्वेको घरेलु मैदानमा भएको खेल दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् । यो बराबरीपछि तेस्रो स्थानमा रहेको उरुग्वेको २४ अंक रहेको छ । यता, अर्जेन्टिना भने २३ अंक सहित पाँचौं स्थानमा छ । पराग्वेसँग पराजित चिली २३ अंक सहित चौथो स्थानमा छ । यस क्षेत्रबाट शीर्ष चारमा पर्ने टिम विश्वकपका लागि सोझै छनौट हुनेछन् । छनोट अन्तर्गत यस क्षेत्रमा अब सबै टोलीले तीन तीन खेल खेल्न बाँकी रहेको छ ।

views: 83


लोकप्रिय समाचार