खेलकुद > राष्ट्रिय > सेप्टेम्बेरमा नेपाली फुटबलको तीन परीक्षा

सेप्टेम्बेरमा नेपाली फुटबलको तीन परीक्षा

शुक्रबार, भदौ १६, २०७४ काठमाडौं– नेपाली फुटबलकालागि सेप्टेम्बेर महिना व्यस्त रहनेछ । राष्ट्रिय टोली र उमेर समूहका दुई टोलीले तीन महत्वपुर्ण प्रतियोगितामा सहभागिता जनाउँदै छन् । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालको सिनियर टोलीले घरेलु मैदानमा ताजिकिस्तानको सामना गर्दैछ । तयस्तै उमेर समूहको दुई प्रतियोगितामा यू-१६ टोलीले नेपाली टोलीले घरेलु मैदानमा एएफसी च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको खेल खेल्दै छ भने यू-१८ टोलीले भुटानमा साफ यू-१८ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । एएफसी एसियन कप छनोट अन्तर्गत दुई खेल खेलिसक्दा नेपालले १ मा हार र अर्कोमा बरबारी गरेको छ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध ४-१ ले पछि परेको नेपालले घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । समूहको तेस्रो स्थानमा रहेको नेपाली टोलीले सेप्टेम्बर ५ मा हुने खेलमा समूहको पुछारमा रहेको ताजिकिस्तानविरुद्ध जितको अपेक्षा गर्नेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । अर्को प्रतियोगिता अन्तर्गत नेपालले सेप्तेम्बेर १८ बाट भुटानमा साफ यू-१८ अन्तर्गत उपाधि रक्षा गर्ने लक्षको थालनी गर्नेछ । अघिल्लो पटक २०१५ मा साफ यू-१९ च्याम्पियनसिपको पहिलो संस्करणमा नेपालले भारतलाई पेनाल्टीमा हराउँदै घरेलु मैदानमा उपाधि जितेको थियो । सोहि प्रतियोगिता यसपटक भने यू-१९ उमेर समूहमा हुनेछ ।६ राष्ट्रियको सहभागिता रहने प्रतियोगितामा नेपाल, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा छन् भने भारत , बंगलादेश र आयोजक भुताल अर्को समूहमा छन् । नेपालले १९ सेप्टेम्बेरमा श्रीलंकाविरुद्ध पहिलो खेल खेल्नेछ । त्यस्तै करिब १ साता अघि मात्र भारतसँग साफ यू-१५ को फाइनलमा पराजित नेपाली टोलीले भारतलाई यस उमेर समूहमा पहिलो पटक हराउने अवसर पुन: एक पटक पाउनेछ । २०१८ मा मलेशियामा हुने एएफसी यू-१८ च्याम्पियनसिपको छनोट चरणको खेल अन्तर्गत नेपाल समूह ‘डी’ मा इराक , भारत र प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । १० समूहमा विभाजित ४७ टोली मद्धे १० विजेता र ५ उत्कृष्ट उपविजेताले मलेशियामा हुने प्रतियोगितामा स्थान पाउनेछन । नेपालले छनोट चरणको खेल घरेलु मैदानमा खेल्नेछ । नेपालले २० सेप्टेम्बरमा पहिलो खेल अन्तर्गत इराकको सामना गर्नेछ , २२ सेप्टेम्बरमा भारत र २४ सेप्टेम्बरमा प्यालेस्टाइनको सामना गर्नेछ । अघिल्लो संस्करणमा समूह उपविजेता हुदै फाइनल चरणमा स्थान बनाएको नेपाली टोलीले बढी उमेरको खेलाडी खेलाएका कारण कारबाहीमा परेपछि प्रतियोगिताबाट बन्चित बनेको थियो ।

views: 90


लोकप्रिय समाचार