समाज > ज्योतिष > अन्तरराष्ट्रिय हिन्दु सम्मेलन सुरू

अन्तरराष्ट्रिय हिन्दु सम्मेलन सुरू

काठमाडौं, भदौ १५ काठमाडौंमा अाजबाट ‘अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन’ सुरू भएको छ । हिन्दु धर्मको विश्व राजधानी नेपाललाई बनाउने योजनासहित बिहिबारबाट त्रिदिवसीय अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन सुरू भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै हिन्दु धर्म र संस्कृतिका विद्धानहरूले नेपाल धर्म र संस्कृतिको केन्द्र भूमि भएको र रहिरहने धारणा राखेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले नेपाल विश्वकै धर्म र संस्कृतिको नमूना देश रहेको उल्लेख गरे । उनले हिन्दु धर्म सबैको धर्म भएकाले यसको विलय हुन्छ कि भन्ने चिन्ता नगर्न पनि सबैमा आग्रह गरे । सम्मेलनमा भारत, जापान, पाकिस्तान, थाईल्याण्ड लगायतका ११ देशका प्रतिनिधिहरु सहभागी भएका छन् । नेपाललाई वैदिक सनातनीहरूको अन्तरराष्ट्रिय केन्द्र बनाउने गरी विविध विषयमा छलफल गर्न अन्तरराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको सनातन संस्कृति समाज, नेपालका संयोजक हरिबोल भट्टराईले जानकारी दिए । अन्तरराष्ट्रिय सम्मेलनमा ‘विश्व तापमान वृद्धि/मौसम परिवर्तनमा वैदिक सनातन धर्ममा समस्या समाधानका उपायहरूको विषयमा पनि छलफल हुने बताइएको छ ।

views: 116


लोकप्रिय समाचार