मनोरन्जन > गीत / संगीत / फिल्म > जब अम्बानीको पार्टीमा साहरुख जुत्ताविहिन भए…

जब अम्बानीको पार्टीमा साहरुख जुत्ताविहिन भए…

२०७४ भदौ १४ कुनै पार्टीमा सहभागी हुँदा बलिउडका चर्चित नायक सााहरुख खानले जुत्ता लगाउनै बिर्से भन्दा दर्शकलाई कस्तो लाग्दो हो । उनका फ्यानहरुले विश्वास नगर्न पनि सक्छन् । तर, रुपमा यही भएको हो । व्यवसायी मुकेश अम्बानीको पार्टीमा सहभागी साहरुख रियल लाइफमा पनि जुत्ता हराएपछि तनावमा आए । व्यापारी मुकेश अम्बानीले आफ्नै घरमा गणेश उत्सव आयोजना गरेका थिए । कार्यक्रममा साहरुख लगायत अन्य थुप्रै सेलीब्रेटी सहभागी थिए । कार्यक्रममा पुग्ने बित्तिकै साहरुखले जुत्ता खोलेर गणेश भगवानको दर्शन गरे र त्यसपछि जुत्ता नलगाई निस्किए । कार्यक्रममा सहभागीहरुसँग भेटघाट गर्दा साहरुखले आफ्नो खुट्टामा जुत्ता नभएको ख्यालै गरेनन् । जब पार्टी सकियो अनि मात्रै उनले आफू खाली खुट्टा रहेको थाहा पाए । खुट्टामा जुत्ता नभएको थाह पाएपछि साहरुख दौडिएर आफ्नो कारतिर लागेका थिए । उनले जुत्ता कहाँ खोलेको छु भन्ने समेत बिर्सिए । जुत्ताको खोजीकै लागि केही ब्यक्ति जुट्नुपर्‍यो । अन्तिममा अम्बानीका छोरा आकाश अम्बानीले साहरुखको जुत्ता खोजेर ल्याइदिएका थिए ।

views: 45


लोकप्रिय समाचार