भदौ १४, २०७४ नियामक निकायका बहुसंख्यक कर्मचारीले कानुनविपरित दोस्रो बजारमा सेयर लगानी गरिरहेका छन् । राष्ट्र बैंक कर्मचारी सेवा सर्त विनियमावलीसहित विभिन्न कानुनले नियामक निकाय राष्ट्र बैंक बिमा समिति अर्थ मन्त्रालय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज का कर्मचारीलाई दोसे बजारमा सेयर लगानी गर्न बन्देज गरेका छन् । नियामक निकायका कर्मचारीको पहुँच सुचीकृत कम्पनन्ीहरुका आन्तरिक सुचना तथा रणनीतिक योजनामा समेत रहने हुनाले बन्देज लगाईएको हो ।