खेलकुद > अन्तरराष्ट्रिय > बार्सिलोनाले डेम्बेलेलाई नेमारको स्थानमा ल्यायो, नेमारपछि डेम्बेले महँगा खेलाडी

बार्सिलोनाले डेम्बेलेलाई नेमारको स्थानमा ल्यायो, नेमारपछि डेम्बेले महँगा खेलाडी

Aug 29, 2017 फ्रान्सेली युवा फरवार्ड ओसमान डेम्बेले पउल पोग्वालाई पछि पार्दै विश्वकै दोस्रो महँगा खेलाडी बनेका छन्। एक महिनाअघि मात्र बार्सिलोनाबाट विश्व कीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी पुगेका ब्राजिलियन फरवार्ड नेमार विश्वकै महँगा खेलाडी बनेका थिए।नेमार र डेम्बेलेलको महँगो ट्रान्फरपछि विश्वका महँगा खेलाडीको सूचीमा पनि फेरबदल भएको छ। एक महिना अगाडि मात्र विश्वका महँगा खेलाडी रहेका फ्रान्सकै पउल पोग्वा तेस्रो स्थानमा झरिसकेका छन्।विश्वका ५ महँगा खेलाडीमध्ये ३ जना ला लिगामा खेल्छन भने १/१ जना प्रिमियर लिग र फ्रेन्च लिग वान बाट खेल्छन्। यी हुन् विश्वका पाँच महँगा खेलाडी १. नेमार २२२ मिलियन युरो नेमारलाई बिहीबार पिएसजीले बार्सिलोनाबाट कीर्तिमानी २२२ मिलियन युरोमा खरिद गरेपछि उनी महँगा खेलाडी बनेका हुन्। नोउ क्याम्पमा मेसी र सुवारेजको छायाँमा परेका नेमार अब पिएसजीका मुख्य खेलाडी बन्दैछन् र उनले त्यहाँ १० नम्वरको जर्सी समेत लगाउनेछन्। २. ओसमान डेम्बेले १०५ मिलियन युरो (१५० सम्म बढ्न सक्ने) स्पानिस जायन्ट बार्सिलोनाले फ्रान्सेली युवा फरवार्ड डेम्बेलेलाई नेमारको स्थानमा सोमबार ९६.८ मिलियन पाउण्ड (१०५ मिलियन युरो) मा अनुबन्ध गरेको छ। यो रकम १३५.५ मिलियन पाउण्ड (१५० मिलियन युरो) सम्म बढ्न सक्ने बार्सिलोनाले जनाएको छ। पाँच वर्षको लागि नोउ क्याम्प क्लबमा खेल्ने गरी डेम्बेलेसँग ५ वर्षको लागि सम्झौता भएको हो। ३. पउल पोग्वा १०५ मिलियन युरो पोग्वालाई सन् २०१६ मा इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले १०५ मिलयन युरोमा युभेन्ट्सबाट किनेको थियो। ४. गारेथ बेल १००.८ मिलियन युरो वेल्सका गारेथ बेल सन् २०१३ मा त्यस बेलाको कीर्तिमानी १००.८ मिलियन युरोमा इंग्लिस क्लब टोटनहम हट्सरपरबाट स्पेनी क्लब रियल मड्रिड गएका थिए। ५. क्रिस्टियानो रोनाल्डो ९४ मिलियन युरो बेलअघि क्रिस्टियानो रोनालडो विश्वकै महँगो खेलाडी थिए। रोनाल्डो सन् २००९ मा ९४ मिलियन युरोमा म्यानचेष्टर युनाइटेडबाट रियल पुगेका थिए। मेसीसँग खेल्न उत्साहित जर्मन क्लब बोरुसिया डर्टमण्डबाट विश्वकै दोस्रो महँगो खेलाडीको रुपमा बार्सिलोना पुगेका ओसमान डेम्बेलेले मेसीसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। स्पानिस जायन्ट बार्सिलोनाले फ्रान्सेली युवा फरवार्ड डेम्बेलेलाई नेमारको स्थानमा सोमबार ९६.८ मिलियन पाउण्ड (१०५ मिलियन युरो) मा अनुबन्धन गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन्। यो रकम १३५.५ मिलियन पाउण्ड (१५० मिलियन युरो) सम्म बढ्न सक्ने बार्सिलोनाले जनाएको छ। 'मेसीसँगै खेल्न पाउनु सम्मान हो। उनी फुटबलको इतिहासमै उत्कृष्ट खेलाडी हुन्। म यहाँ सिक्नकै लागि आएका हुँ।' बार्सिलोनासँग ५ वर्षको सम्झौतापछि डेम्बेलेले भने 'म यहाँ आउन पाउँदा एकदमै खुसी छु। बार्सिलोनाको लागि खेल्नु सँधै नै मेरो ड्रिम थियो। म अहिले यहँ छु र खुसी छु।' 'बार्सिलोना विश्वका उत्कृष्ट खेलाडीहरु रहेको उत्कृष्ट क्लब हो।' बार्सिलोनाले डेम्बेलेको लागि ४०० मिलियन युरो 'रिलिज क्लज' तोकेको छ। डेम्बेलेले अब बार्सिलोनमा नेमारले छाडेका ११ नम्बरको जर्सी लगाउनेछन्। फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका २० वर्षीय डेम्बेले र बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले सम्झौतामा हस्ताक्षर गरे।डेम्बेलेले म्यानचेष्टर युनाइटेडका पउल पोग्वालाई पछि पार्दै विश्वको दोस्रो महँगो खेलाडी बनेका हुन्। आइतबार बार्सिलोना पुगेका डेम्बेलेको सोमबार स्वास्थ्य परीक्षण भएको थियो। त्यसपछि उनलाई बार्सिलोनाको खेलाडीको रुपमा नोउ क्याम्पमा प्रस्तुत गरियो।जर्मन बुण्डेसलिगा साइड डर्टमण्डले डेम्बेले किन्ने बार्सिलोनाको सुरुवाती प्रस्ताव अस्विकार गरेको थियो। डेम्बेलेले अन्तिम पटक डर्टमण्डका लागि अगस्ट ५ मा सुपर कप खेलेका थिए। ट्रेनिङ छोडेका कारण उनलाई क्लबले सस्पेन्ड समेत गरेको थियो।यस्तै बार्सिलोनाले लिभरपुलका फिलिप काउटिन्होलाई भित्र्याउन गरेको तीन प्रयास लिभरपुलले अस्वीकार गरिदिएको थियो।अहिलेसम्म बार्सिलोनाले किनेको सबैभन्दा महँगो खेलाडी लुइस सुवारेज हुन्। उनलाई सन् २०१४ मा बार्सिलोनाले ८२.३ मिलियन युरोमा किनेको थियो।तर बार्सा अध्यक्ष बार्तामेउका अनुसार सन् २०१३ मा नेमारलाई ब्राजिलियन क्लब सान्तोसबाट भित्र्याउन ओभरभल १०० मिलियन युरो खर्च भएको बताएका छन्।

views: 54


लोकप्रिय समाचार