अर्थ /वाणिज्य > सेयर बजार > एनएमबि सुलभ, ङादी ग्रुप र देव विकास बैंकले गरे लाभांश घोषणा

एनएमबि सुलभ, ङादी ग्रुप र देव विकास बैंकले गरे लाभांश घोषणा

काठमाडौं, भदौ १२ म्युचुअल फण्ड एनएमबि सुलभ फण्ड १, जलविद्युत कम्पनी ङादी ग्रुप पावर र देव विकास बैंकले लाभांश घोषणा गरेका छन्। एनएमबि क्यापिटलले सुलभ फण्ड १ का लगानीकर्तालाई करसहित २१. ०५६३ प्रतिशत नगद लाभांश दिने भएको छ। त्यस्तै देव विकास बैंकले १७.१ प्रतिशत सेयर बोनस तथा कर प्रयोजनार्थ ०. ९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। ङादी ग्रुप पावरले १० प्रतिशत सेयर बोनस तथा कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। कम्पनी संचालक समिति बैठकले सो लाभांशपछि ३० प्रतिशत हकप्रद सेयर दिने निर्णय समेत गरेको छ।

views: 84


लोकप्रिय समाचार