समाज > अपराध > किर्ते दस्तखत गरी १ करोड ४० लाख ठग्ने गिरोह प्रहरी फन्दामा

किर्ते दस्तखत गरी १ करोड ४० लाख ठग्ने गिरोह प्रहरी फन्दामा

भदौ ११, २०७४ तनहुँ–दस्तखत किर्ते गरी एक करोड चालिस लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आँवुखैरेनीस्थित मनकामना माई बचत तथा ऋण सहकारीको यति डेभलपमेण्ट बैक खाताबाट नक्कली छाप र दस्तखत गरेर रकम निकाल्ने पक्राउ परेका हु्न् । बैकको चेक हराएको अवस्थामा अध्यक्ष र उपाध्यक्षको किर्ते हस्ताक्षर गरी रकम निकाल्ने मकवानपुर हेटौडा नपा वडा नं ८ स्थायी घर भई हाल काठमाण्डौ टोखा नगरपालिका वडा नं ६ धापासी बस्ने रत्न स्थापितको छोरी कृष्ण श्रेष्ठको श्रीमति बबिता श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीका अनुसार अभियुक्तले गत ०७३ माघ २ गते बैकको बिरगंज शाखाबाट रु २० लाख र सोही मितिमा सिभिल बैक लिमिटेडमार्फत २० लाख तथा ०७३ माघ १७ गते सिभिल बैक पोखराबाट १ करोड गरी जम्मा १ करोड ४० लाख ठगेर फरार मकवानपुर हेटौडा नपा वडा नं ८ स्थायी घर भई हाल काठमाण्डौ टोखा नगरपालिका वडा नं ६ धापासी बस्ने रत्न स्थापितको छोरी कृष्ण श्रेष्ठको श्रीमति बबिता श्रेष्ठको जिल्ला प्रहरी कार्यालय तनहुँ तथा केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेका तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए । प्रहरीले श्रेष्ठको साथबाट रु ४२ लाख ६१ हजारसहित विभिन्न बैकको चेक, सामसुङ मोबाइल सेट, किर्ते दस्तखत गर्न नक्कल गरेको कपी, संस्थाको नक्कली स्ट्याम, विभिन्न व्यक्तिहरुको नागरिकता जग्गाधनि पुर्जा समेत बरामद गरेको छ । यसरी बैकको चेकमा नक्कली किर्ते दस्तखत गर्ने तथा नक्कली स्टयामप्याड तयार गरी रकम ठगी गर्ने मुख्य योजनाकार उनकै श्रीमान कृष्ण श्रेष्ठ रहेको पनि प्रहरीले जनाएको छ । उनले ठगी गरेको रकमले मोटरसाइकल, सुनका गहना खरिद गरेको पनि प्रहरीले जनाएको छ । श्रेष्ठदलाई वैकिङ कसुर मुद्दाअन्र्तगत उच्च अदालत बुटवलमा कारवाहीको लागि पत्रसाथ पठाइएको प्रहरीले जनाएको छ । बबितासँगै उनका श्रीमान् कृष्ण श्रेष्ठलाई ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको छ । श्रेष्ठको योजनामा सहकारीका लेखापाल तथा यति डेभलपमेण्ट बैकका कर्मचारीहरुले समेत संलग्नता हुनसक्ने भएकाले सहकारीका मेनेजर नारायण प्रसाद तिमिल्सना र लेखापाल केशव अधिकारी तथा यति बैकका आँबुखैरेनी शाखाका बरिष्ठ सहायक प्रविन अधिकारीलाई पनि पक्राउ गरी उच्च अदालत बुटवल पेश गरेको थियो । अदालतको आदेशमा तिमिल्सिनालाई पुर्पक्षका लागि थुनामा राखिएको र केशव अधिकारी र प्रबिन अधिकारी माग बामेजिम जनही ७ लाख धरौटीमा छुटेका छन् ।

views: 72


लोकप्रिय समाचार