मनोरन्जन > कला / साहित्य > दिल्लीमा आरजुको तीज!

दिल्लीमा आरजुको तीज!

भाद्र ९,२०७४ प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार दिल्लीमा ‘गार्ड अफ अनर’ लिदैँगर्दा प्रधानमन्त्री पत्नी आरजु राणा सँगै थिइन्। हातमा रातो चुरा, निधारमा रातो टिका, नङमा रातो पालिस अनि रातै सारीमा। सुनौलो रंगकै सुनको लकेट अनि सुनौलो रंगकै पोते। हिन्दु नारीहरू नेपालमा हरितालिका तीजको रातो लगाएर तीज गीतमा नाँचिरहँदा प्रधानमन्त्री पत्नीको दिल्लीको लुक्स ठ्याक्कै ‘तीजकै पहिरन’ अनुसार थियो। प्रधानमन्त्रीको भ्रमणको रिपोर्टिङका लागि दिल्लीमा रहेका पत्रकार शिव दाहालका अनुसार आरजु बुधबार साँझको भोजमा सहभागि भइनन्। उनी बिहिबारको अन्य औपचारिक कार्यक्रमहरूमा समेत सहभागि भइनन्। बुधबार बुट्टे सारीमा एयरपोर्टमा देखिएकी आरजु बिहिबार दिल्लीमा तीज मनाइरहेकी छिन्। प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले प्रधानमन्त्री पत्नी व्रत बसे नबसेको पुष्टि भने गरेनन्। ‘प्रधानमन्त्रीसँगै कार्यक्रममा व्यस्त छु, व्रत बसे नबसेको ठयाक्कै भन्न सक्ने अवस्थामा छैन’, उनले भने।

views: 101


लोकप्रिय समाचार