समाज > अपराध > काठमाडौंमा तीन जना मृत भेटिए

काठमाडौंमा तीन जना मृत भेटिए

काठमाडौं, ७ भदौ बुधबार प्रहरीले काठमाडौंका विभिन्न स्थानमा तीन जनालाई मृत अवस्थामा फेला पारेको छ । महानगरपालिका–१६ बालाजु बाईपासस्थित रानीबनको जंगलमा उदयपुर ताप्ले गाउँपालिका–५ घर भई हाल तारेकेश्वर नगरपालिका–५ पुरानो गुह्ेश्वरी बस्ने २७ वर्षीय कृष्णबहादुर सुलिङ मगर मृत भेटिएका छन् । यसैगरी काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित डम्बरबहादुर बुढामगरले संचालन गरेको कुरेली गेष्ट हाउसमा बसेका रोल्पा थवाङ गाउँपालिका–३ घर भएका ४४ वर्षीय प्रेमबहादुर बुढामगर मंगलबार कोठमा मृत फेला परेका छन् । उता काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित दिलिप खड्काको जग्गामा टहरो बनाई बसेका भोजपुर हेलौटा चङखुरी गाउँपालिका–४ घर भएका ४० वर्षीय बालकुमार राई आफ्नै कोठामा सुतेको अवस्थामा मंगलबार मृत भेटिएका छन् । तीनै वटा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

views: 63


लोकप्रिय समाचार