खेलकुद > अन्तरराष्ट्रिय > टोटनह्याम र चेल्सी भिड्दै

टोटनह्याम र चेल्सी भिड्दै

आइतवार, भदौ ४, २०७४ लण्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगको दोस्रो चरणको खेलमा टोटनह्याम हट्सपरले प्रिमियर लिग च्याम्पियन चेल्सीलाई आफ्नो मैदानमा आतिथ्य गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समय अनुसार राति ८ः४५ बजेपछि शुरु हुदैछ । पहिलो खेलमा न्यु क्यासल युनाइटेडलाई २–० ले पराजित गरेको टोटनह्याम त्यही प्रदर्शन चेल्सीमाथि दोहोर्याउने लक्ष्यका साथ मैदान उत्रनेछ । तर, टोटनह्यामलाई घाइते खेलाडीहरुले पिराल्ने छ । टोटनह्याम ड्यानी रोस, इरिक लमेला र जर्ज केभिन एङकोडोबिना मैदान उत्रदैछ । यता प्रिमियर लिग च्याम्पियन चेल्सी भने टोटनह्यामलाई पराजित गर्दै पहिलो खेलमा बर्नलीसँग घरेलु मैदानमै बेहोरेको हार बिर्साउन अभियानमा हुनेछ । कप्तान ग्यारी काहिल र सेस फाब्रिगास प्रतिबन्धमा रहेपनि इडेन हजार्ड, भिक्टर मोसेस र टिमोउ बाकायोकोको आगमनले हौसिएको छ । यस्तै चेल्सीसँग यसै सिजन रियल म्याड्रिडबाट क्लबमा अनुबन्धित भएका अल्भेरो मोराटाको पनि साथ रहनेछ । पेड्रा रोड्रिग्वेज भने खेल्नेमा अझै शंका छ । चेल्सीका प्रशिक्षक एन्टेनियो कोन्टले टोटनह्यामलाई सम्मान गर्ने र उ सधैको प्रिमियर लिगको दावेदार रहेको बताएका छन् । यता टोटनह्यामका प्रशिक्षक मौरिसियो पोचेटिनोले वेम्वली स्टेडियममा चेल्सीलाई पराजित गर्ने बताए । टोटनह्यामको घरेलु मैदान ह्वाइट हार्ट लेन मर्मतको कार्यमा रहेकाले टोटनह्यामले पछिल्लो दुई तीनहप्ता देखि वेम्वली स्टेडियममा प्रशिक्षण गर्दै आइरहेको छ । हेड टु हेड प्रिमियर लिगमा यि दुई क्लबबीचको हेड टु हेडलाई हेर्दा चेल्सी नै हावी देखिएको छ । पछिल्ला १७ लिग खेलमा चेल्सीले ८ खेलमा जित हात पार्दा ७ खेल बराबरी खेलेको छ । वेम्वली स्टेडियममा यो प्रिमियर लिगको पहिलो खेल हो । वेम्वली स्टेडियमले अहिलेसम्म ५८ फरक खेलको आयोजना गरिसकेको छ । टोटनह्यामले चेल्सीलाई आइतबार पराजित गर्न सके अर्काे रेकर्ड बनाउनेछ । घरेलु मैदानमा टोटनह्याम १९ खेलसम्म अपराजित छ । यो अपराजित यात्रालाई कायम राख्न सके टोटनह्याम लिभरपुलले सन् १९७२ मा राखेको २१ खेलसम्मको अपराजित यात्रालाई पछ्याउनेछ । टोटनह्याम सन् २०१५ को मे मा साउथह्याम्टनसँग पराजित भएयता घरेलु मैदानमा पराजित भएको छैन । आइतबार चेल्सीविरु४ गोल गर्न सके ह्यारी केनले टोटनह्यामबाट १०० गोलको आँकडा पार गर्नेछ । केन अघिल्लो सिजन टोटनह्यामको सर्वाधिक (२१) गोलकर्ता हुन् । चेल्सीले सन् १९७३ को प्रिमियर लिगको शुरुवाती दुई खेल गुमाएको थियो । यसपटकको पहिलो खेलमा चेल्सी बर्नलीसँग पराजित भैसकेको छ । सन् २०१५ अगष्टदेखि चेल्सीले ७७ खेलमध्ये ३१ खेलमा हार र २४ मा जित निकालेको छ । एन्टेनियो कोन्टेको चेल्सीले वेम्वलीमा आठपटक हार बेहोरेको छ ।

views: 68


लोकप्रिय समाचार