मनोरन्जन > गीत / संगीत / फिल्म > चार विवाह गरेकी यी अभिनेत्री मृत्युको अन्तिम समयमा भने एक्लै!

चार विवाह गरेकी यी अभिनेत्री मृत्युको अन्तिम समयमा भने एक्लै!

भदौ ३, २०७४ गायिका तारादेवीले गाएको गीत 'सोचे जस्तो हुन्न जीवन' जस्तै मानिसको जीवन सोचे जस्तो कहाँ हुन्छ र? जीवनमा सबै सफलता पाएपनि आफ्नो परिवार र माया गर्ने मानिसको अभावका कारण हरेक व्यक्तिले एक्लोपन महसुस गर्छ। झन् फिल्म क्षेत्रमा लागेका व्यक्तिहरुको जीवन बाहिरबाट जति सुन्दर र सुखसयल देखिन्छ त्यसको सत्यता अर्कै हुन्छ। नाम, दाम, काम र सफलता पाएपनि कयौं कलाकारले जीवनमो एक्लोपनको सिकार हुनुपरेको उदाहरण प्रसस्तै छन्। यस्तै एक्लोपनको सिकार भएकी थिइन् पाकिस्तानी अभिनेत्री शमीम आरा। पाकिस्तानमा फिल्म संसारमा नयाँ आयाम थप्न सफल अभिनेत्री शमीमले फिल्म निर्माण र निर्देशनमा पनि ठुलो योगदान दिएकी थिइन्। उनले एकाएक फिल्म हिट फिल्म दिनथालेपछि पाकिस्तानमा उनी निकै लोकप्रिय भइन्। ५० देखि ७० को दशकमा शमीमले पाकिस्तानमा फिल्मी क्षेत्रमा राज गरेकी थिइन्। ६० को दशकमा उनले खेलेका फिल्महरु देवदास, दोराह, हमराज, कैदी, चिंगारी, आगका दरिया आदि फिल्म हिट भएपछि उनी सुपरस्टारमा भइन्। जीवनमा व्यवसायिक रुपमा निकै सफल भएपछि शमीमले विवाह गर्ने फुर्सद पाइन्। उनले एक जमिनदारसँग विवाह गरिन्। तर उनको श्रीमान्को एक कार दुर्घटनामा मृत्यु भयो। श्रीमानको मृत्युपछि शमीम निकै एक्लो भइन्। विस्तारै उनले आफुलाई सम्हालिन र दोस्रो विवाह गरिन्। दोस्रो विवाह गरेको केही समयमै उनीहरुको डिर्भोस भयो। दोस्रो विवाहबाट उनको एउटा छोरा थियो। त्यसपछि उनले तेस्रो विवाह गरिन्। तर त्यो विवाह पनि उनको सफल भएन। ३ वटा विवाह पनि सफल नभएपछि उनी निराश थिइन्। तर फेरी उनको जीवनमा एक व्यक्ति आए र शमीमले उनीसँग चौथो विवाह गरिन्। विवाहको केही वर्षपछि शमीम केही कारणले लण्डन सिफ्ट भइन् तर उनको श्रीमानले पाकिस्तान छाडेनन्। लण्डनबाट पाकिस्तान आएको केही समयमा शमीमलाई ब्रेन ह्यामरेज भएको थाहा भयो र उपचारको लागि उनी फेरी लण्डन नै फर्किइन्। लामो समयको उपचारको क्रममा पनि उनको श्रीमान् उनलाई रेखदेख गर्न आएनन्। जीवन र मृत्युको संघर्षमा अघिल्लो वर्षको अगस्ट महिनामो उनको मृत्यु भयो। उनको मृत्युमा पनि छोराले नै सबै जिम्मा उठाए। शमीमको श्रीमान् उनको अन्तिम मृख हेर्न पनि पुगेनन्। पाकिस्तानमा लगभग ८० वटा फिल्ममा काम गरेकी शमीमले ४ वटा विवाह गरेपनि उनको अन्तिम समयमा छोराले मात्र साथ दिएका थिए।

views: 61


लोकप्रिय समाचार