> > टेलिकम बजार विस्तार र गुणस्तरमा एग्रेसिभ, चालु वर्ष २२ अर्ब लगानी गर्ने, ग्राहक १७ % बढाउने

टेलिकम बजार विस्तार र गुणस्तरमा एग्रेसिभ, चालु वर्ष २२ अर्ब लगानी गर्ने, ग्राहक १७ % बढाउने

साउन ३०, २०७४ काठमाडौं।सरकारी स्वामित्वको नेपाल टेलिकमले 'एग्रेसिभ' बजार विस्तारका लागि चालु आर्थिक वर्ष २२ अर्ब लगानी गर्ने भएको छ। सुस्त बजार विस्तार र गुणस्तरका कारण आलोचना भइरहेको बेला टेलिकमले यति धेरै लगानी गर्न लागेको हो।कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो।कम्पनीकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले चालु आर्थिक वर्ष बजार विस्तार र गुणस्तरलार्इ प्राथमिकतामा राखेर २२ अर्ब लगानी गर्ने बतार्इन्। ‘हामीले चालु वर्षलार्इ गुणस्तर र बजार विस्तारको वर्षको रुपमा अघि बढाउन खोजेका छौं’उनले भनिन्,यो वर्ष हाम्रो ग्राहक संख्या पनि १७ प्रतिशतले बढाउनेछौं।‘उनले अति विकट र दुर्गम स्थानमा मोबाइल सेवा विस्तार गर्ने बतार्इन्।कम्पनीले सिडिएमए तथा वाइम्याक्स सेवा पनि विस्तार गर्ने जनाएको छ। राजभण्डारीले आवश्यकता अनुसार ब्रोडव्याण्ड सेवा पुर्याइने बताउँदै सार्वजनिक स्थान र यातायातमा इन्टरनेट सेवा विस्तार गरिने जानकारी दिर्इन्। तारसहित सेवातर्फ कम्पनीले फाइबर टु होम सेवा उपलब्ध गराउने बताउँदै डाटा सेवा थप गुणस्तरीय, भरपर्दो र द्रुत बनाउने उनले दाबी गरिन्। राजभण्डारीले इन्टरनेट सेवामा नयाँ डाटा प्याकेज ल्याएर डाटाबाट कम्पनीको आम्दानी बढाउने बताउँदै हाल मोवाइल डाटा सेवातर्फ म्युजिक स्ट्रिमिङ जस्ता भ्यालु एडेड सर्भिसहरु सुरु भइसकेको बतार्इन्।उनले भविष्यमा अन्य भ्यालु एडेड सर्भिसहरु थप गर्नै योजना बनाइएको बतार्इन्। दुरसंचार पुर्वाधार निर्माणकालागि नेपाल दूरसंचार प्राधिकरणसँग भएको सम्झौता अनुसार मध्य पहाडी लोकमार्गको पूर्वी खण्डमा पर्ने पाँचथरको चियो भन्ज्याङबाट पश्चिममा धादिङ र गोरखाको आरुघाटसम्म करिब आठ सय किलोमिटर तथा १५७० किलोमिटर खण्डमा अप्टिकल फाइबर विस्तार गर्ने उनले बतार्इन्। वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा फ्री वाइफाइ संचालन भएको र भूकम्प प्रभावित चार जिल्लाका विभिन्न क्षेत्रहरुमा वाइफाइ सेवा उपलब्ध गराइरहेको उनले बतार्इन्। उनले ग्राहक सेवाको लागि छिटो र सरल सेवा प्रदान गर्न अत्याधुनिक कस्टुमर केयर सेन्टर संचालनलाई विस्तार गर्ने बतार्इन्।राजभण्डारीले आगामी ६ महिना भित्र देशभर कस्टुमर रिलेसनसिप म्यानेजमेन्ट मार्फत सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीले सेवा गुणस्तर सुधारतर्फ देशभरका १६ स्थानमा इन्टरग्रेटेड मेन्टिनेन्स युनिट गठन गरेको छ।

views: 151


लोकप्रिय समाचार