समाज > अपराध > अब सजाय पनि किस्ताबन्दीमा भुक्तान गर्न पाइने

अब सजाय पनि किस्ताबन्दीमा भुक्तान गर्न पाइने

२७ श्रावण २०७४, व्यवस्थापिका संसद बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ । जसअनुसार अब जेल सजाय पाएकाहरुले किस्ताबन्दीमा सजाय भुक्तान गर्न सक्नेछन् । उनीहरुले शनिबार वा रातिमात्र जेल बसे पनि पुग्नेछ । उक्र विधेयकको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रिकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिनेबारे उल्लेख छ । एक बर्षसम्म कैद निर्धारण भएको कसुरदाताले मात्र यस्तो सुविधा पाउनेछन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

views: 91


लोकप्रिय समाचार