समाज > अपराध > सामान छुटाउन तीन नक्कली बिलविजक

सामान छुटाउन तीन नक्कली बिलविजक

२२ श्रावण २०७४, मुलुकको विभिन्न भन्सार नाकाबाट व्यवसायीहरुले सामान आयात गर्दा अवैध रुपमा तीनवटा नक्कली विलविजक तयार गरि पेश गर्ने गरेको खुलासा भएको छ । भन्सार विभागले पछिल्लो चरणमा भन्सार सुधारीकरणको नाममा आयात-निर्यात कार्यमा कडाई गरेपछि व्यवसायीद्वारा नयाँ-नयाँ योजनाबाट भन्सार राजस्व छली गर्ने तरिका अपनाएको विभिन्न भन्सार नाकाबाट प्रयोग गरेका विलविजकबाट खुलेका हो । यसरी तीनओटा बिलविजक स्थलमार्ग हुँदै गरिने आयातकर्ताहरुले प्रयोग गरेको अनुमान भन्सार विभागको रहेको छ । भारतको रक्सौल भन्सारबाट यस प्रकारको विलविजक प्रयोग गर्ने गरेको पाईएको छ । यसरी व्यवसायीहरुले सम्बन्धित भारत र चीनमा सामान खरिदगर्दा वास्तविक विलबाट खरिद गरेपनि नेपाली भन्सार नाकामा आएपछि भन्सार ऐजेन्टहरुको सहयोगमा नक्कली विलविजक तयार गरि न्यूनभन्सार विजिकरण गरेर सामान नेपाल भन्सार नाकाबाट छुटाउने कार्यमा तीव्रता आएको हो । भारत तथा तेस्रो मुलुकबाट सामान पैठारी गर्दा आयातकर्ताले भन्सार सिमामा निकासी प्रज्ञापन पत्रको घोषणा गर्ने भन्सार ऐनमा उल्लेख छ । तर भन्सार नाकाबाट व्यापारिले सामान आयात गर्दा अझैसम्म हस्तलिखित प्रज्ञापन पत्रको प्रयोग गरिदै आएका छन् । यसरी भन्सार विभागले पछिल्लो चरणमा लागु गरेको कम्प्युटराईज भन्सार प्रज्ञापनपत्र नेपाली भन्सार नाकामा पेश गर्न मात्र पुनः तयार गर्ने गरेको भन्सार सम्बद्ध स्रोतले टेलिफोन मार्फत जनाएका छन् । भन्सार स्रोतका अनुसार यसरी ३ ओटा भन्सार विलविजक तयारगरि दैनिक ५ करोड रुपैयाँँ सम्म भन्सार राजस्व चुहावट हुने गरेको अनुमान गरेको छ । स्थानीय बासिन्दाहरुलाई प्रयोगगरि व्यापारिहरुले ‘लोकल पैठारी’को नाममा सो भन्सार राजस्व चुहावट हुने गरेको पाइएको छ । भन्सार नाकामा तीन ओटा विलविजक तयार पारि भारतीय सिमानामा रहेको भन्सार नाका बढी मात्रा प्रयोग भएको समेत सम्बन्धित भन्सार नाकाका कर्मचारीहरुले स्वीकारेका छन् । व्यवसायीहरुले तेस्रो मुलुक र अन्तशुल्क फिर्तामा आयातकर्ताले भन्सार प्रज्ञापन पत्र पेश गरेपनि लोकल पैठारी भनी हाल सम्म कुनै पनि भन्सार कार्यालयमा सो प्रज्ञापन पत्र पेश गरेको रेकर्ड पाइँदैन । भन्सार ऐनमा भारतबाट आयातीत बस्तु निकासी प्रज्ञापन पत्रको आधारमा जाँचपाँस गर्ने अनिवार्य व्यवस्था नभएको उल्लेख छ । सोही बुदाँलाई टेकेर आयतकर्ताहरुले लोकल पैठारीको नाममा सामान आयात गर्ने गरेको छ । व्यावसायीहरुले कम मुल्याङ्कन गरि सामान आयात गरेको शंका लागेमा तत्काल भारतीय भन्सारसंग सो सामानको विवरण र मुल्याकन कर झिकी विवरण भिडाउदा नक्कली विलविजक बनाएको खुल्न आएको विरगञ्ज भन्सार कार्यालयले जानएको छ । यस प्रकारको तीनओटा विलविजक प्रयोग गर्ने केही फर्महरुलाई भन्सार कार्यलयले नियन्त्रणमा लिई अनुसन्धान गरेपनि सो अनुसन्धानको विवरण भने विभागले सार्वजनिक गरेको छैन । तीनवटा विलविजक बनाई अबैधरुपमा सामान आयात गर्नेको पक्तिमा चौधरी समुह, गोल्छा समुह, विसाल समुह, खेतान समुहलगायतका अन्य व्यवसायी फर्महरु रहेका छन । तर सोका बारेमा भने विभागले केही खुलाउन चहेको छैन । भन्सारमा विद्युतिय डाटा सञ्चालनमा ल्याएपनि अधिकाशं व्यापारिले हस्तलिखीत विलको प्रयोगका साथै भन्सार प्रज्ञानिपत्र समेत हस्तलिखित नै प्रयोग गरि भन्सार राजस्व छली गर्दै आएका छन् । व्यापारिले भारतीय भन्सारसंग गोप्य सम्झौता गरि सो भन्सारमा बुझाएको विलविजक क्षणभरमै परिपर्वतन गरि लोकल पैठारीको नाममा सामान नेपाल भित्राउने गरेको समेत भन्सार स्रोतले जनाएको छ । नाम नेलेख्ने सर्तमा भने,‘व्यापारिले सामान पैठारी गर्दा भारतीय भन्सार ऐजेन्टको मिलेमतोमा सवै सामानको न्यूनमूल्याङकन गरि सामान आयात गरेकाले सो सामानमा कडाईका साथ नेपाल भन्सारले नियन्त्रण गर्न कठिनाई भएको छ ।’ यसरी भारतीय भन्सार ऐजेन्टको मिलेमतो र नेपाली भन्सार कर्मचारीको समेत सहमतिमा हाल मोटरका पाटपूर्जा, नारीको श्रृंगारका सामाग्री, साडी, तयारी कपडा, विद्युतिय सामाग्री, काजु र खाद्यान्यहरु रहेको छ ।

views: 74


लोकप्रिय समाचार