खेलकुद > अन्तरराष्ट्रिय > डेढ करोड यूरो कर छलीको आरोप लागेका फूटबल स्टार रोनाल्डोले अदालतमा भने-मेरो उदेश्य कर छल्ने थिएन

डेढ करोड यूरो कर छलीको आरोप लागेका फूटबल स्टार रोनाल्डोले अदालतमा भने-मेरो उदेश्य कर छल्ने थिएन

१८ श्रावण २०७४, -रासस/सिन्ह्वा स्पेन। रियल म्याड्रिडका अग्रपङ्तीका फुटबल खेलाडी क्रिस्ट्रियानो रोनाल्डोले आफूमाथि लगाइएको करछली आरोपमा निर्दोष रहेको दावी गरेका छन्। स्थानीय समयअनुसार सोमबार स्पेनी अदालतलाई उनको प्रतिनिधित्व गर्ने जेस्टिफ्युट संस्थाले अदालतलाई जानकारी दिन लेखेको पत्रबारे जानकारी गराउन जारी गरिएको विज्ञप्तिमा फुटबल स्टार रोनाल्डोले भनेका छन्, “मैले कहिल्यै केही लुकाएको छैन नत मेरो कल छल्ने उद्देश्य रहेको थियो । ” उनले भने, “मैले सधैँ सवतस्फूर्त रूपमा मेरो कर तिर्ने गरेको छ । यो हाम्रो कर्तब्य हो । जसले मलाई चिन्छ उसलाई मेरो सल्लाहकारलाई मैले के सोधेँ भन्ने बिषयमा जानकारी छ । म समस्या चाहन्न र समयसमयमा तिर्नुपर्ने सबै कुरा कानूनी दायरामा रहेर तिर्ने गरेको छु ।” रोनाल्डोमाथि एक करोड ४७ लाख ६ हजार यूरो बराबरको कर छली गरेको आरोप लागेको छ ।

views: 54


लोकप्रिय समाचार