समाचार > शिक्षा > राष्ट्रिय परीक्षा बोर्डमा अर्को काण्ड

राष्ट्रिय परीक्षा बोर्डमा अर्को काण्ड

११ श्रावण ,२०७४ बुधवार । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्क केन्द्र र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रकमको दुरुपयोग एवं हिनामिना हेर्न हो भने अन्यत्र जान पर्दैन । आर्थिक बर्षको अन्तिम महिना आषाढ मसान्तमा गरेको खर्च हेरे मात्र पनि भ्रष्ट मतिका निजामती सेवालगायतका सरकारी सेवाका कर्मचारी चिन्न गाह्रो पर्दैन । स्रोतका अनुसार, त्यसको एउटा उदाहरण राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीलाई लिन सकिन्छ । सो कार्यालयका सदस्य सचिव डिल्लीराम रिमालको सेवा निवृत्त हुन ६ महिना बा“की रह“दा उनी ६ करोड कमाउने दाउमा रहेको स्रोत बताउ“छ । कर्मचारी स्राेतत भन्छ, रिमालको सोच, कहा“बाट पैसा असुल गर्न सकिन्छ र कसलाई अप्ठ्यारोमा फसाएर रकम सहित ढोग्न आउ“छ भन्ने कुरा सोचिरहन्छन् भनी सो कार्यालयका कर्मचारीहरूले टिप्पणी गर्ने गर्दछन् । अन्यथा सदस्य सचिवले परीक्षामा ठाडो हस्तक्षेप गर्न मिल्दैन । शिक्षाशास्त्रका तत्कालीन डीन प्रकाशमान श्रेष्ठलाई माया“जालमा पारेर विद्यावारिधीको पदवी लिन सफल डिल्ली रिमाल शिक्षा मन्त्रालयमा बद्नाम सहसचिवमा गनिन्छन् । सर्पको खुट्टा सर्पले मात्र देख्छ भने झैं उनी कसरी सेटिङ मिलाएर रकम झ्वाम पार्छन् भन्ने कुरा शिक्षा मन्त्रालयका कर्मचारीले मात्र देख्छन् भनी चर्चा गर्दछन् । ्स्राेततका अनुसार, राष्ट्रिय परीक्षा बोर्डमा कक्षा ११–१२ को उत्तरपुस्तिका परीक्षण गर्न मास्टर तह उत्तीर्ण गरेको कम्तीमा ३ बर्ष पुगेको हुनुपर्छ भन्ने प्रावधान छ । जस अनुसार, ३ बर्ष पूरा नगरेका शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्नै पाएका छैनन् । त्यस्तै संपरीक्षण कार्य गर्नका लागि माष्टर्स गरेको १० बर्षको अनुभव हुनुपर्छ भन्ने ब्यवस्था छ । तर, सदस्य सचिव रिमाल र परीक्षा नियन्त्रक बतासले माष्टर्स तह एवं स्थायी भएको १ बर्ष पनि नपुगेका शिक्षकलाई संपरीक्षण कार्यमा लगाएको बोर्ड स्रोत बताउ“छ । विभिन्न कलेजबाट असुलेको रकम पचाउन संपरीक्षण कार्यमा सेटिङ मिलाएको शिक्षकहरू नै गुनासो गर्ने गर्दछन् । परीक्षा जस्तो संवेदनशील विषयमा हेलचेक्र्या“ई गरी ठेक्कामा चलाउनु राष्ट्र माथिको बेइमानी हो भनी सरोकारवालाको भनाई छ । परीक्षा निर्देशिका विपरीत कार्य गरेकोले सदस्य सचिव रिमाल र नियन्त्रक बतासलाई अख्तियारको दुरुपयोगको अभियोगमा सीधै कारवाही गर्नुपर्ने माग कर्मचारीहरूको रहेको छ । त्यतिमात्र होइन राष्ट्रिय परीक्षा बोर्डमा लगानी गरेका विदेशी दाता राष्ट्रहरूले समेत रिमाल गिरोहले निकृष्ट कार्य गरेको थाहा पाएर प्रश्न उठाउन थालेको खबर छ । धनीका छोराछोरी पास मात्र होइन उच्च अंक ल्याउने गर्दछन् भने गरीबका छोराछोरी पास हुन गाह्रो छ । डिल्ली रिमाल भने अमेरिकामा धनीका छोराछोरी पढ्छन्, गरीबका भा“डा माझ्छन् भने नेपालमा पनि त्यस्तै हुनुपर्छ भनी तर्क पेश गर्ने गर्दछन् भनी जानकारहरू बताउ“छन् । शिक्षा विभागका पूर्व महानिर्देशक भएका कारण उच्च मावितर्फ नया“ सम्बन्धन दि“दा रकम असुलेजति माविको नाम शिक्षा विभागमा टिपाउने गरेको स्राेतत बताउ“छ । यति धेरै रकम दुरुपयोग गर्ने सदस्य सचिव रिमालले सरकारको लगानी होइन निजी कलेजबाट उठाएको रकम जति घोटाला गरेपनि फरक पर्दैन भनी रिमालले नै तर्क दिने गरेको भएता पनि विद्यार्थी र अभिभावकको घा“टी निचोरेर दुरुपयोग गर्न पाइ“दैन भनि अभिभावकहरू रुष्ट हन थालेको स्राेततले बताएको छ । सर्पको खुट्टा सर्पले देख्छ भने झैं केही निजी कलेजहरूले आफ्नो विज्ञापनमा चलखेल नगरी सतप्रतिशत विद्यार्थी उत्तीर्ण गरेको भनि विज्ञापन गर्दै आएका छन् । यसले गर्दा चलखेलको पुष्टि निजी कलेजले नै गरेका छन् । केही निजी कलेजले बुझाएको रकम कबुल बमोजिम वाचा पूरा गर्न नसकेमा पर्दाफास होला भन्ने डरले फिर्ता गर्ने सोचाई रहेको स्रोतको दाबी छ । राष्ट्रिय परीक्षा बोर्डमा समक्ष इमान्दार र योग्य कर्मचारी पनि छन् तर तिनलाई पाखा लगाई रिमाललाई खुसी पार्ने र कमिशन बुझाउने र ढोगभेट गर्ने असक्षम कर्मचारीको सेटिङ मिलाउने र गिरोह खडा गर्ने तयारी भइराखेको स्रोत बताउछ ।

views: 62


लोकप्रिय समाचार