खेलकुद > अन्तरराष्ट्रिय > मेस्सीले रोजे नेयमारको स्थानमा खेल्ने ३ खेलाडी

मेस्सीले रोजे नेयमारको स्थानमा खेल्ने ३ खेलाडी

मङ्लबार, साउन १०, २०७४ एजेन्सी – बार्सिलोनाका स्टार फरवार्ड नेयमारको स्थितिले यस सिजनको समर ट्रान्सफर विन्डो रोमाञ्चक बन्दै गइरहेको छ। नेयमारका नजिकका केहि नातेदारहरुले नेयमार पिएसजी जाने बताए पनि क्लबमै रहेका खेलाडी र प्रशिक्षकले भने उनी बार्सामै बस्ने बताउँदै आएका छन्। यसैबिच नेयमारले बार्सिलोना छाडेर गएको खण्डमा उनको स्थानमा बार्सिलोनाले पक्कैपनि नयाँ खेलाडी भित्र्याउनु पर्नेछ। यसको लागि टोलीका सुपरस्टार लियोनेल मेस्सीले ३ खेलाडीको नाम दिएका छन्। प्रतिष्ठित पत्रिका दान बालोनका अनुसार मेस्सीले बार्सिलोनाको वर्तमान मात्र नभएर आउने सिजनको लागि पनि हुने किसिमले यी खेलाडीको नाम दिएको बुझिएको छ। मेस्सीले बोरुसिया डर्टमुण्डका ओस्माने डेम्बेले, युभेन्टसका पाउलो डिबाला र पिएसजीका एन्जेल डि मारियाको नाम बार्सिलोनालाई दिएका छन्। डिबाला र डि मारियाले विगत लामो समयदेखि मेस्सीसँग राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् भने डेम्बेले युरोपका उत्कृष्ट युवा प्रतिभा मध्यका एक हुन्। तिनै खेलाडीले गत सिजन टोलीका लागि राम्रो प्रदर्शन गरेका थिए। नेयमार यदि पिएसजी गए बार्सिलोनाले ठुलो रकम हात पार्नेछ। उक्त रकम उपयोग गरेर बार्सिलोनाले नेयमारको स्थानमा जस्तोसुकै खेलाडी पनि भित्र्याउने क्षमता राख्नेछ। पिएसजीली नेयमारलाई भित्र्याउन उनको रिलिज क्लज अनुसार २ सय २२ मिलियन युरो तिर्ने तयारी गरिरहेको छ।

views: 66


लोकप्रिय समाचार