समाज > बैदेशिक रोजगारी > उत्कृष्ट १० म्यानपावर कम्पनी छनोट , द रिभर ओभरसिज पहिलो स्थानमा

उत्कृष्ट १० म्यानपावर कम्पनी छनोट , द रिभर ओभरसिज पहिलो स्थानमा

बिहिबार, साउन ५, २०७४ गत आर्थिक वर्ष २०७३÷७४ मा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा कामदार पठाउने उत्कृष्ट १० वटा म्यानपावर कम्पनीहरूमध्ये द रिभर ओभरसिज उत्कृष्ट पहिलो स्थान हासिल गर्न सफल भएको छ । यसअघि लगातार तीन वर्षसम्म उत्कृष्ट भएको एसओएस म्यानपावरलाई पछि पार्दै गत आवको वितेका १२ महिना अवधिभरमा सबैभन्दा बढी कारमार विदेश पठाएर द रिभर ओभरसिज उत्कृष्ट पहिलो नम्बरमा परेको हो । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थापन र नियमन गर्दै आएको श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा कामदार पठाउने मुलुकभरका म्यानपावर कम्पनीहरूमध्ये सबैभन्दा धेरै कामदार पठाउनेको सूचीमा द रिभर ओभरसिज पहिलो स्थानमा परेको हो । विभागका अनुसार गत आर्थिक वर्षको बितेका १२ महिनाको अवधिभर सबैभन्दा धेरै काठमाडौंको बत्तीसपुतलीस्थित द रिभर ओभरसिजले ८ हजार १ सय १३ नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि विभिन्न श्रम गन्तव्य मुलुकहरूमा पठाएको छ । द रिभर ओभरसिजका सञ्चालक युवा व्यवसायी रघुनाथ पुरी हुन् । यसैगरी विगतका वर्षहरूमा लगातार केही वर्षसम्म सबैभन्दा बढी कामदार पठाउँदै आएको एसओएस म्यानपावरले ६ हजार ६ सय १९ जना कामदारलाई संस्थागत रूपमा श्रम स्वीकृति लिएर विभिन्न रोजगारदाता गन्तव्य मुलुकमा पठाएर दोस्रो स्थान हासिल गरेको छ । यसैगरी वर्षभर सबैभन्दा बढी कामदार पठाउने क्रममा कोसी इन्टरनेसनले कुल ६ हजार २ सय २१ जनालाई पठाएर तेस्रो स्थानमा पर्न सफल भएको छ । त्यसैगरी इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्टले ४ हजार ५३ जना कामदार पठाएर चौथो स्थान हासिल गर्न सफल भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै कामदार पठाउने उत्कृष्ट १० वटा म्यानपावर कम्पनीहरू छनोटमा परेअनुसार पाँचौ स्थानमा परेको प्याराडाइज इन्टरनेसनलले ३ हजार ६ सय ८२ जना कामदार पठाएको छ । छैटौं स्थानमा परेको ट्रस्ट नेपाल ओभरसिजले ३ हजार ४ सय ५४ जना कामदार विदेश पठाएको छ । सातौं स्थानमा परेको शिखर इन्टरनेसनलले ३ हजार २ सय ५७ जना कामदार पठाएको छ । आठौं स्थानमा परेको साउन्डलाइन रिक्रुटमेन्टले २ हजार ९ सय ९२ जना, नवौं स्थानमा पर्न सफल अक्सफोर्ड इन्टरनेसनलले २ हजार ४ सय ४९ जना नेपाली कामदार पठाएको छ । यसैगरी १०औं स्थानमा पर्न सफल भएको वाइजस्पेस इन्टरनेसनलले २ हजार ४ सय २४ जना कामदारलाई वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा श्रम स्वीकृति लिएर विभिन्न गन्तव्य मुलुकहरूमा पठाएको छ । वैदेशिक रोजगार विभागका निर्देशक एवं प्रवक्ता मोहन अधिकारीले विभागले छनोट गरेको गत आर्थिक वर्षमा सबैभन्दा बढी कामदार पठाउने उत्कृष्ट १० वटा म्यानपावर कम्पनीबाहेक अन्य सबै म्यानपावरले पठाएका कामदारको पूरा विवरणको सूची पनि आगामी केही दिनभित्रै सार्वजनिक हुने जानकारी गराए । उनले यस विभागमा दर्ता भई वैधानिक रूपमा कामदार पठाउँदै आएका मुलुकभरका कम्पनीहरूलाई सबैभन्दा धेरै कामदार पठाएका आधारमा हरेक वर्ष यसैगरी उत्कृष्ट १०औं स्थानसम्म छनोट गरि पुरस्कृत गर्दै आएको बताए ।

views: 122


लोकप्रिय समाचार