समाचार > शिक्षा > शैक्षिक क्षेत्र बर्बाद पार्ने एउटा सम्झौता अयोग्य अस्थायी शिक्षकलाई पनि गोल्डेन ह्याण्डसेक

शैक्षिक क्षेत्र बर्बाद पार्ने एउटा सम्झौता अयोग्य अस्थायी शिक्षकलाई पनि गोल्डेन ह्याण्डसेक

२०७४ अषाढ २६, काठमाडौं । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षक सेवा आयोगले शिक्षकहरूको स्थायी प्रयोजनको निमित्त विशेष आन्तरिक परीक्षाको विज्ञापन खोलेको छ । शिक्षक सेवा आयोग संवैधानिक आयोग सरहको स्वायत्त संस्था भनिए पनि शिक्षा मन्त्रालयको लाचार छाँयॉ देखिएको शिक्षकहरू नै बताउ‘छन् । देशमा करीब २५ हजार शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । तर, उनीहरू लिखित परीक्षा दिएर खुल्ला प्रतिस्पर्धाबाट पास नै हुन नसक्ने आशंका ब्याप्त छ । आयोग स्रोतका अनुसार, ती पच्चीस हजार शिक्षक मध्ये केही शिक्षक आफ्नो नाऊ अंग्रेजीमा लेख्न पनि नसक्ने रहेका छन् । अतः यस्तो जनशक्तिलाई स्थायी गराएर वा शिक्षक बन्न लगाएर विद्यार्थीले कस्तो शिक्ष्ाँ पाउने हुन् र देशले कस्तो जनशक्ति उत्पादन गर्ने हो ? अर्थात यस्ता शिक्षकले पढाएका विद्यार्थी कस्ता उत्पादन होलान् ? शिक्षकले राजनीति गरेर विद्यार्थी एसएलसीमा बढी फेल हुने भन्ने तर्क सान्दर्भिक छैन भन्छन् शिक्षकहरू । शिक्षा सेवाका कर्मचारीहरूका अनुसार, योग्य र गुणस्तर भएका शिक्षक नहु‘दा सरकारी विद्यालयको पढाईको स्तर खस्केको, बढी विद्यार्थीहरू फेल हुने गरेको यथार्थ हो । एसएलसीमा पुरक परीक्षा पास गरेका विद्यार्थीले शिक्षा शास्त्रतर्फ आईएड र बीएड पढ्ने र पढेका विद्यार्थीहरू मध्ये असी प्रतिशत नै चिट सारेर पास गर्ने, पढाईको पाठ्यक्रममा विषयवस्तुको अंकभार कम राख्ने, शिक्षण कलालाई मात्र जोड दिने, स्नातक तहको शिक्षा शास्त्रमा एकसय नम्बरको मात्र अनिवार्य अंग्रेजी विषय पढे पुग्ने आदिले गर्दा विश्वविद्यालयबाट उत्पादिन शिक्षा शास्त्रतर्फका विद्यार्थीहरू कमजोर हुने आधारहरू मानिन्छन् । त्यसमा पनि नेपाल सरकारले शिक्षक हुनलाई शिक्षा शास्त्र पढेको मात्र हुनुपर्ने बाध्यकारी नियम बनाएकाले नेपालका सरकारी विद्यालय शिक्षा कमजोर भएको शिक्षाविद्हरू बताउ‘छन् । अयोग्य, पढाउनै नसक्ने, क्षमताहीन शिक्षकहरू अनसन बसेपछि जे जस्ता माग पनि पूरा गर्न सम्बन्धित निकाय बाध्य हुन्छन् भन्ने नजिर बसेको हुनाले भर्खरै विद्यालय तर्फका प्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षक भद्रकालीमा अनसन बसेको विदितै छ । नेपाल सरकार र अनसनकारी शिक्षकबीच माग पूरा भएको सम्झैतामा हस्ताक्षर गरेको बताइन्छ । तर, लाज घिन शरम केही हु‘दो रहेनछ भन्ने भनाई बौद्धिक जगतको छ । नेपाल सरकारको ऐनमा शिक्षकले लिखित परीक्षा वा गोल्डेन ह्यानसेक मध्ये एक रोज्नुपर्ने व्यवस्था छ । तर, २०७४ असार ९ गते भएको सम्झौतामा परीक्षा फेल भएमा पनि गोल्डेन ह्यानसेक पाउने उल्लेख गरिएको छ । फेल भएमा दण्ड हुन्छ तर यहॉ फेललाई पुरस्कारको व्यवस्था गरिउको देख्दा कहीं नभएको जात्रा हॉडगाउ‘मा भने झैं शिक्षा मन्त्रालयमा हु‘दा रहेछ अझ अचम्म त शिक्षक सेवा आयोगको परीक्षामा चालिस अंक ल्याउने सबै पास हुनुपर्ने, हाल भइरहेको वर्तमान पाठ्यक्रम आधा घटाउनुपर्ने, प्रश्नपत्र निर्माण गरेर प्रश्न सोध्दा पॉच कक्षाका विद्यार्थीलाई सोधिनेस्तरका प्रश्नहरू हुनुपर्ने, उत्तर पुस्तिका परीक्षण गर्दा परीक्षकलाई सबैलाई तानतुन गरेर भए पनि पास गर भन्ने निर्देशन दिनुपर्ने, त्यति गर्दा पनि फेल भएमा गोल्डेन ह्यान्सेक दिनुपर्ने सम्झौतामा उल्लेख छ । यो देशको शिक्षा नीति बिगार्ने, शिक्षाको गुणस्तर उकास्न नदिने र शिक्षालाई धरासायी बनाई राखियो भने सुधार गर्नुपर्ने प्रोजेक्ट ल्याएर करोडौं कुम्ल्याउन पाइन्छ भनेर शिक्षालाई धरासायी बनाउने काम शिक्षा मन्त्रालय र शिक्षा विभागले नै गरेका हुन् भनि शिक्षाविद्हरू गुनासो गर्छन् । त्रिभुवन विश्व विद्यालयबाट आइएड, बीएड र एमएड गरेका जनशक्ति र शिक्षा मन्त्रालयले खपत गर्न शिक्षकहरूको बीचमा योग्यतालाई सेवा प्रवेशको मापदण्ड तयार गर्न नसक्दा शिक्षा प्रशासन र पठनपाठन ध्वस्त भएको नीति निर्माता नै बताउ‘छन् । त्रिभुवन विश्वविद्यालयको क्याम्पसमा सेवा प्रवेश गर्नको निमित्त कम्तीमा मास्टर्स तहमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्छ भन्ने प्रावधान राखिएको छ । अतः विद्यालय शिक्षामा पनि सके प्रथम श्रेणीमा सम्बन्धित तह उत्तीर्ण हुनुपर्ने अन्यथा द्वितीय श्रेणी अनिवार्य नगरेमा देशका शिक्षा अहिलेको भन्दा पनि अधोगति जाने निश्चित रहेको शिक्षाविद्हरू ठोकुवा गर्दछन् । तर, शिक्षकहरूको प्रतिनिधिमूलक संघ, संगठनहरू भने राजनीति गर्न योग्यता नचाहिने, शिक्षामन्त्री हुन पढेको हुनु नपर्ने शिक्षक हुन् श्रेणी खुलाउन पर्ने नीतिस‘ग सहमति छैनौं भनि संसारमै नभएको लज्जाशरम् प्रतिक्रिया जनाउ‘ने गर्दछन् । अतः शिक्षामा हिजोको ‘बिहारी नीति’ अपनाउ‘दै जाने हो भने मुलुक अबको दश बर्षमा ध्वस्त हुने निश्चित छ । त्यसमा पनि भारतीय प्रमाणपत्र ल्याएर शिक्षक पेशामा छिर्नेहरूलाई खोजीखोजी कारवाही नगरेमा नक्कली शैक्षिक प्रमाण पत्रधारी शिक्षकको मनोबल बढ्ने छ । र, विशेष गरी एसएलसी र आईएका भारतीय नक्कली शैक्षिक प्रमाण पत्रधारी शिक्षकहरू छ्याप्पछ्याप्ती भेटिने छन्, जसले नेपालको विद्यालयस्तरीय शिक्षालाई ध्वस्त बनाउने पक्का छ ।

views: 67


लोकप्रिय समाचार