समाचार > शिक्षा > सरकारसँग चार बुँदे सहमति भएसँगै अस्थायी शिक्षकहरुको आन्दोलन फिर्ता

सरकारसँग चार बुँदे सहमति भएसँगै अस्थायी शिक्षकहरुको आन्दोलन फिर्ता

आषाढ ९,शुक्रबार २०७४, काठमाडौं । 

अस्थायी शिक्षकहरुले थाले आन्दोलन फिर्ता लिएका छन् ।
सरकारसँग शुक्रबार चार बुँदे सहमति भएसँगै अस्थायी शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका हुन् ।
अस्थायी शिक्षकहरुलाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्ने लगायतको माग गर्दै आन्दोलन गर्दै आएका थिए । शिक्षकको मागलाई लिएर शिक्षकहरुले अनसनसमेत बस्दै आएका थिए ।
उनीहरुले सम्पूर्ण अस्थायी शिक्षकलाई प्रक्रिया पु‍र्याई स्थायी गरिनुपर्ने, शतप्रतिशत अस्थायी सेवा अवधिमा गणना गरिनुपर्ने, अवकाश प्राप्त अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरहको औषधि उपचार र उपदान उपलब्ध गराउनुपर्ने र स्वेच्छिक अवकाश लिन चाहने अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरह सेवा सुविधा प्रदान गरिनुपर्ने लगायतको माग गर्दै आएका थिए ।

views: 64


लोकप्रिय समाचार