समाचार > शिक्षा > सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता

 सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता

आषाढ ९,शुक्रबार २०७४, काठमाडौं । 

 सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ ।
कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै सो समितिले भद्रकालीमा अनशन सुरु गरेको आज सातौँ दिन वार्ता हुन लागेको हो । शिक्षा मन्त्रालयले आफूहरुलाई वार्तामा आउन आग्रह गरेकाले त्यसको तयारी भएको समितिका अध्यक्ष होमनाथ चौलागाईंले जानकारी दिनुभयो । रासस

views: 59


लोकप्रिय समाचार