समाज > बैदेशिक रोजगारी > श्रम सहचारी नियुक्तिमा चलखेल: निर्वाचन आचारसंहिता विपरीत

श्रम सहचारी नियुक्तिमा चलखेल: निर्वाचन आचारसंहिता विपरीत

आषाढ  ७, बुधवार २०७४ काठमाडौं । 
निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले चार देशको श्रम सहचारी नियुक्ति प्रक्रिया अगाडि बढाएका छन् । मलेसिया, कोरिया, दुबई र साउदीअरबको जेद्दामा श्रम सहचारी नियुक्तिका लागि निर्वाचन आयोगको निर्देशन विपरीत असार १ गतेदेखि प्रक्रिया सुरु गर्ने सूचना निकालेका छन् ।
स्थानीय तहको निर्वाचन एकैपटक नभई दोस्रो चरणमा जेठ ३१ गते तोकिएपछि निर्वाचन आयोगका सचिव गोपी मैनालीले मौखिक सहमति दिएको भनेर मन्त्रालयले सहचारी नियुक्तिको सूचना निकालेको थियो । तर श्रम सहचारीमा नियुक्तिका लागि आवेदन दिन योग्यता पुगेका कर्मचारीले दोस्रो चरणको निर्वाचनमा अर्को क्ष्ँेत्रमा खटिएका कारण आवेदन दिन नपाउने भएकाले सूचना स्थगित गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । कर्मचारीले अर्को क्षेत्रमा खटिएकाले यो सूचनाले हामीलाई प्रभाव पार्छ तसर्थ सूचना रद्द गरी पाउँ भनी निवेदन दिएका थिए । दोस्रो चरणको निर्वाचनमा खटिएका कर्मचारीलाई प्रभाव पर्ने भएकाले निजहरुलाई असर पर्नेगरी सूचना निस्किएकाले उक्त सूचना स्थगित गर्न निर्देशन दिएको थियो । श्रम मन्त्रालयले दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि प्रकाशित गर्नेगरी उक्त सूचना रद्द गर्ने निर्णय श्रम मन्त्रालयले गरेको थियो । तर सचिवले आफैंले गरेको निर्णय विपरीत दोस्रो चरणको निर्वाचनभन्दा १४ दिनअघि नै श्रम सहचारी नियुक्ति प्रक्रिया अगाडि बढाउन सूचना निकालेका छन् । असार १४ का लागि निर्वाचन सरेपछि सहचारी छनोट पनि स्वतः असार १४ पछि गर्नुपर्नेमा श्रम सचिव लक्ष्मण मैनालीले असार १ गतेदेखि छनोट प्रक्रिया सुरु गरेका छन् । चुनावमा खटिएका कर्मचारीको माग र आयोगको निर्देशनअनुसार सहचारी छनोट पनि असार १४ पछि नै गर्नुपर्नेमा श्रम सचिव लक्ष्मण मैनालीले असार १ गतेदेखि नै सुरु गरेका छन् । निर्वाचन आयोगको निर्देशन विपरीत श्रम सचिव मैनालीले निर्वाचनमा खटिएका कर्मचारीलाई आवेदन दिनबाट बन्चित गर्नेगरी श्रम सहचारी छनोट प्रक्रिया अगाडि बढाउँदा पनि आयोग चुप छ । श्रम सहचारीका आकांक्षीहरुबाट मोटो रकम घुस लिएर सचिव लक्ष्मण मैनालीले निर्वाचन आयोगको निर्देशन विपरीत दोस्रो चरणको चुनावअघि नै सहचारी नियुक्ति प्रक्रिया अगाडि बढाएका छन् । श्रम सहचारीमा जानका लागि सचिव लक्ष्मण मैनालीले केही उपसचिव र शाखा अधिकृतसँग मोटो रकम लिइसकेको आरोप छ ।
श्रम मन्त्रालयमा निश्चित अवधि काम गरेका कर्मचारी श्रम सहचारी हुने ब्यवस्था छ । अहिले रिक्त भएका मलेसिया र कोरियामा उपसचिव र दुवई र जेद्दामा शाखा अधिकृतमध्येबाट श्रम सहचारी हुन्छन् ।

views: 74


लोकप्रिय समाचार