नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १२ वर्षपछि मंगलबार सत्तामा फर्कंदै छन्। व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले प्रधानमन्त्रीका एकल दावेदार देउवालाई मुलुकको ४०औं प्रधानमन्त्रीमा चयन गर्दैछ।

दिउँसो १ बजे संसद बस्दैछ। उक्त बैठकमा प्रमुख दलका शीर्ष ...">



लोकप्रिय समाचार > नेपाल राजनीति > १२ वर्षपछि शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बन्दै

१२ वर्षपछि शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बन्दै


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १२ वर्षपछि मंगलबार सत्तामा फर्कंदै छन्। व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले प्रधानमन्त्रीका एकल दावेदार देउवालाई मुलुकको ४०औं प्रधानमन्त्रीमा चयन गर्दैछ।

दिउँसो १ बजे संसद बस्दैछ। उक्त बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्वोधन गर्नेछन्। सोही बैठकमा प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर सुनाइनेछ। भने, प्रधानमन्त्री चयनको कार्यतालिका पनि अनुमोदन हुनेछ। आजै बस्ने दोस्रो बैठकले प्रधानमन्त्री चयन गर्नेछ।

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्न लागेका हुन्। बि.स. २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा चौथो पटक प्रधानमन्त्री निर्वाचित हुने भएका हुन्।

यसअघि अन्तिम पटक उनी तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिँदा प्रधानमन्त्री थिए। १२ वर्षपछि देउवा पुनः प्रधानमन्त्री बन्न लागेका हुन्।

यस्तै गणतन्त्र स्थापना पछि १० वर्षमा १०औँ प्रधानमन्त्रीका रूपमा उनी मंगलबार संसद्बाट निर्वाचित हुँदै छन् ।

तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । ८ महिनापछि १९ माघ ०६१ मा देउवालाई हटाएर ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए । त्यसयता उनी पहिलोपटक प्रधानमन्त्री हुँदै छन् ।

आजको दोस्रो संसद बैठकमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु हुनेछ। संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गर्नेछन् । प्रस्तावक र समर्थक सदस्यले समर्थन गर्नेछन् । प्रस्तावक र समर्थकले बोलेपछि सभामुखबाट उम्मेदवारी निर्णयार्थ प्रस्तुत हुनेछ । सभामुखले उम्मेदवारको पक्ष र विपक्षका सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी)मा प्रवेश गराएर मत विभाजन हुनेछ ।

प्रधानमन्त्रीमा निर्वाचित हुन मत विभाजन गर्दा संसदमा तत्काल कायम कुल पाँच सय ९३ सदस्य संख्याको बहुमत दुई सय ९७ मत ल्याउनुपर्ने हुन्छ । देउवाको प्रस्तावक र समर्थक दलको सदस्य संख्या गणना गर्दा उनी करिब दुईतिहाइ बहुमतनजिक छन् । मत विभाजनपछि सभामुखबाट मत परिणामसँगै प्रधानमन्त्री निर्वाचित भएको घोषणा हुनेछ ।

views: 165


लोकप्रिय समाचार