खेलकुद > अन्तरराष्ट्रिय > म्यानचेस्टरलाई एक गोलको अग्रता

म्यानचेस्टरलाई एक गोलको अग्रता

वैशाख २२, २०७४- मार्कस रसडफोर्डले फ्रि किकबाट उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युरोपा लिग सेमिफाइनल पहिलो लेगमा सेल्टा भिगोलाई बिहीबार १–० ले हरायो । यससँग म्यानचेस्टरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । म्यानचेस्टरका १९ वर्षीय खेलाडीले ६७ औं मिनेटमा गोल गरेपछि सेल्टा भिगाको मैदानमा म्यानचेस्टरले एक गोलको महत्त्वपूर्ण अग्रता लिन सफल भएको हो ।

अब आउने बिहीबार म्यानचेस्टरको घर ओल्ड ट्रायफोर्डमा सेमिफाइनल दोस्रो लेगको खेल हुनेछ । यसअघि अर्को सेमिफाइनल पहिलो लेगमा एजाक्सले लियोनलाई हराएको थियो ।

views: 60


लोकप्रिय समाचार