मुख्य समाचार > वसुन्धरा विस्फोटको जिम्मा विप्लव समूहले लियो

वसुन्धरा विस्फोटको जिम्मा विप्लव समूहले लियो

२५ फागुन, काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विस्फोटको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ । बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा शुक्रबार साँझ बम विस्फोट भएको थियो । विस्फोटपछि आगलागी समेत भएको थियो । घटनामा चार जना घाइते भएका थिए । विप्लव समूहसम्बद्ध युवा संगठन नेपालले विस्फोटको जिम्मा लिएको छ । मध्य केन्द्रीय कमाण्डका सचिव शिशिरले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् ।

views: 7


लोकप्रिय समाचार