मुख्य समाचार > निक र प्रियंकाको विवाह मिति तोकियो

निक र प्रियंकाको विवाह मिति तोकियो

२०७५ कार्तिक ५, सोमवार अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनसले गएको अगस्ट १८ मा इन्गेजमेन्ट गरेर सबैलाई चकित पारेका थिए। एकदमै छिटो इन्गेजमेन्ट गरेर उनीहरुले अरुलाई सोच्ने समय पनि दिएनन्। टाइम्स अफ इन्डियाको अनुसार यो जोडिले चाँडै नै लगनगाँठो कस्दै छ। जोडिले परम्परागत भारतीय शैलिमा विवाह गर्न जोधपुर विवाह स्थान रोजेका छन्। खबर अनुसार उनीहरु अगामि महिनामा विवाह गर्दैछन्। रिपोर्ट अनुसार प्रियंका र निककोे विवाहको कार्यक्रम तीन दिनसम्म चल्ने छ। आउँदो नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म जोधपुरमा विवाहको समारोह चल्नेछ। यो विवाह जोधपुरको दरबारमा सम्पन्न हुनेछ। अर्को रिपोर्टको अनुसार प्रियंका र निकले विवाहको लागि उम्मेद भवन रोजेका छन्। भर्खरै जोधपुर घुमेका यी जोडिले आफ्नो विवाहलाई उत्कृष्ट बनाउन खोजिरहेका छन्। उनीहरुको विवाहमा निश्चित व्यक्तिहरु उपस्थित हुनेछन्। विवाहमा उनीहरुको नजिकको साथी र आफन्तहरुमात्र सहभागि हुनेछन्। त्यसपछि न्यूयोर्कमा बेहुला बेहुली भेटघाट कार्यक्रम पनि हुनेछ। प्रियंका र निकको हलिउड साथीहरु न्यूयोर्कमा छन्। प्रियंका ब्राइडल सावरको लागि पनि उत्साहित छिन्। निकले प्रियंकालाई जुलाईमा भएको लण्डन टूरको समयमा विवाहको लागि प्रस्ताव राखेका थिए। प्रियंकाको ३६ औँ जन्मदिनमा विवाहको लागि प्रस्ताव राख्न निकले टिफ्यानी स्टोरबाट औँठी अर्डर गरेका थिए। यी दुईले भारतीय सँस्कृति अनुसार परिवारको सदस्य सहित दुई महिना अगाडिबाट आधिकारीक रुपमा एक हुने निर्णय सार्वजनिक गरेका थिए, रोका गरेर। आफ्नो प्रेमीकाको बारेमा खुलेर कुरा गर्दै निकले जिम्मी फालोनको कार्यक्रममा भनेका थिए, ‘यो अचानक भयो, सायद हामीले यो सहि समय हो भनेर सोच्यौँ र निर्णय ग¥यौ र हामी धेरै खुसी छौँ।

views: 19


लोकप्रिय समाचार