मुख्य समाचार > वामदेवका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

वामदेवका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

२०७५ असोज २३ गते , काठमाडौं । नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ । मंगलबार संवाद चाैतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताए ।

views: 12


लोकप्रिय समाचार