मुख्य समाचार > तोकिएकै समयमा फास्ट ट्रयाक सम्पन्न हुने सेनाको दावी: डिपीआर तयार

तोकिएकै समयमा फास्ट ट्रयाक सम्पन्न हुने सेनाको दावी: डिपीआर तयार

बिहिबार, असोज ४, २०७५ काठमाडौं- नेपाली सेनाले तोकिएकै समयमा तराई-काठमाडौं जोड्ने द्रुत मार्ग ‘फास्ट ट्र्याक’ निर्माण सम्पन्न हुने दावी गरेको छ। सरकारले २०७४ साल बैशाख २१ गते फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। त्यसको तीन महिनापछि आयोजना नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो। चार वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने म्यान्डेट छ। तर डीपीआरबिनै आयोजना सुरु गरेको भन्दै आलोचना खेपेको सेनाले अबको चार महिनाभित्र डीपीआर तयार हुने दाबी गरेको छ। डीपीआरका धेरै काम अनौपचारिकरुपमा यसअघि नै सम्पन्न भइसकेको सेनाको दावी छ। डीपीआरको रेखांकन छनौट यसअघि एडिबीले सन् २००८ मा तयार गरेका वैकल्पिक सडक रेखांकनमध्ये सबैभन्दा उत्तमलाई छनोट गरि प्रकृया अगाडि बढाएको सेनाको दावी छ। पाइलट डीजाइन रिपोर्टका आधारमा ९० प्रतिशत जग्गा अधिग्रहण समेत गरि सकिएको सेनाले जनाएको छ। डीपीआरको अर्को महत्वपुर्ण पाटो मानिने सर्भेक्षण तथा डिजाइन पनि आफैले गरेको र यसलाई अन्तर्राष्ट्रिय परामर्शदाताले डीपीआर तयार गर्दा अभिन्न अंग मान्ने पनि सेनाको भनाईछ। द्रुतमार्गको कुल लम्बाई ७६.२ किलोमिटर छ। यसैको सबैभन्दा धेरै भाग मकवानपुरमा पर्दछ। यस जिल्लामा मात्र द्रुतमार्गको ५६.७ किमि दुरी पर्दछ। ललितपुरमा ७.९ किलोमिटर, काठमाडौंमा चार किलोमिटर र बारामा ७.६ किलोमिटर दुरी पर्छ।

views: 44


लोकप्रिय समाचार