मुख्य समाचार > १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न , बिमस्टेकका चार पाहुना आज फर्कंदै

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न , बिमस्टेकका चार पाहुना आज फर्कंदै

२०७५ भदौ १५ गते काठमाडौं । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ । शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् । बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए । बिमस्टेकका चार पाहुना आज फर्कंदै प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आएका मध्ये चार देशका राष्ट्रपति/प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने भएका छन् । अन्य २ पाहुनामध्ये १ भोलि र अर्का एक पर्सि फर्कने छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै ११ बजे फर्कने कार्यक्रम तय भएको छ । आन्तरिक राजनीतिका कारण हसिना समापनअगावै स्वदेश फर्कन लागेकी हुन् । म्यान्मारका राष्ट्रपति विन मिन्ट मध्याह्न चार बजे र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा साढे चार बजे स्वदेश फर्कने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने साँझ आठ बजे फर्कंदैछन् । बिहीबार काठमाडौं आइपुगेका मोदीले स्वदेश फर्कनुअघि पशुपतिमा निर्मित धर्मशाला उदघाटन गर्नेछन् । सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्तक्षार कार्यक्रम छ । भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक शनिबार र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार आफ्नो देश फर्कने छन् ।

views: 17


लोकप्रिय समाचार