मुख्य समाचार > दूरसंचार प्राधिकरणको अध्यक्षमा निबर्तमान अध्यक्ष झा, खनाल र घिमिरे सिफारिस

दूरसंचार प्राधिकरणको अध्यक्षमा निबर्तमान अध्यक्ष झा, खनाल र घिमिरे सिफारिस

२०७५ भदौ १३, बुधबार काठमाडौं। सूचना संचार तथा प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदकालागि दिगम्बर झा, पुरुषोत्तम खनाल र सुशील घिमिरेलाई सिफारिस गरेको छ। अध्यक्ष पदको सिफारिसमा परेका दिगम्बर झा प्राधिकरणकै निवर्तनमान अध्यक्ष हुन्। उनी गत असार २० गतेको मन्त्रिपरिषद बैठकबाट हटाइएका थिए। तर उनले फेरि अध्यक्ष पदको दावी गर्दै आवेदन दिएका थिए। यसैगरी सिफारिस भएका पुरुषोत्तम खनाल प्राधिकरणकै वरिष्ठ निर्देशक हुन् भने सुशील घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन्। घिमिरेले संचार मन्त्रालयको सचिवका रुपमा पनि काम गरिसकेका छन्। अध्यक्षमा सिफारिस भएका यीनै तीनमध्ये एकजना अध्यक्षमा नियुक्त हुनेछन्।

views: 29


लोकप्रिय समाचार