मुख्य समाचार > विमस्टेकका लागि आजबाट भीभीआईपी आउन थाल्ने, यस्तो छ काठमाडौं ओर्लिने सेड्युल

विमस्टेकका लागि आजबाट भीभीआईपी आउन थाल्ने, यस्तो छ काठमाडौं ओर्लिने सेड्युल

२०७५ भदौ १२, मङ्लबार काठमाडौं।विहिबार र शुक्रवार काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन भीआइपी आउन थालेका छन्। विम्स्टेक सदस्य मुलुकहरुबाट उच्च अधिकारीहरु काठमाडौं आइपुगेका छन्। सबै सदस्य मुलुकका परराष्ट्रसचिवसहितका उच्च अधिकारीहरु सोमवार नै काठमाडौं आइपुगेका हुन्। उच्च अधिकारीहरुको १९ औं बैठक होटल सोल्टीमा चलिरहेको छ। त्यस्तै सबै देशका विदेशमन्त्रीहरु आज साँझ सम्म काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। आज विदेशमन्त्रीहरुको सम्मानमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रात्रीभोजको आयोजना गरेका छन्। बुधवार विदेशमन्त्रीस्तरीय बैठक बस्दै छ। म्यानमारका राष्ट्रपति आज आउँदै, कुन देशका भीभीआईपी कहिले आउने? यसैबीच विम्स्टेक सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति आज काठमाडौं आउँदै छन्। म्यानमारका राष्ट्रपति विन मिन्ट आज दिउँसो २:४५ बजे काठमाडौं आइपुग्नेछन्। उनको स्वागतका लागि तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै बुधवार भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक पनि काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। उनी भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरबाट विहान ८ बजे काठमाडौं ओर्लिने कार्यक्रम तय भएको छ। बुधवार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेना काठमाडौं आउने छन्। उनी सवार विमान दिउसो २:३५ मा काठमाडौंमा अवतरण गर्नेछ। त्यस्तै थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान पनि बुधबार नै नेपाल आउने कार्यक्रम छ। उनी १०:१५ बजे काठमाडौं ओर्लिने छन्। त्यस्तै सम्मेलनको दिन भदौ १४ गते बिहीवार विहान ८:३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं ओर्लिनेछन्। उनीपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्।

views: 17


लोकप्रिय समाचार