मुख्य समाचार > देउवालाई एक्ल्याउन कोइराला परिवारको तयारी

देउवालाई एक्ल्याउन कोइराला परिवारको तयारी

बुधबार ०६ भाद्र, २०७५ मुलुकमा पछिल्लो राजनैतिक घटनाक्रमको परिवर्तनसँगै नेपाली कांग्रेस आफूलाई पनि परिवर्तन गर्न खोज्दैछ । पूरानै शैली र पूरानै ढर्राबाट पार्टी नचल्ने भन्दै नेताहरु बैठक, भेटघाट र योजना निर्माणमा तल्लिन छनु् यतिबेला । सम्पन्न स्थानीय, प्रदेश र संघको निर्बाचनपछि प्राप्त मत परिणामले कांग्रेसलाई नराम्रो झड्का लाग्यो । उता, तत्कालिन नेकपा एमाले र एकिकृत नेकपा माओवादीको एकता भएर केपी शर्मा ओलीको नेतृत्वमा दुई तिहाईको सरकार बनेपछि कांग्रेसलाई अर्को झड्का लागेको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै यतिबेला बहसमा केन्द्रीत हुन थालेका छन् । जुन कार्यको शुरुवात कोइराला परिवारबाट नै भएको छ । कुनै समय नेपाली कांग्रेसमा कोईराला परिवारको ठुलै दख्खल थियो । जुनबेला विपी कोइराला नेतृत्वमा थिए, पछि गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्दासम्म का‌ंग्रेस भनेकै कोइरालाहरु हुन् जस्तो भान हुन्थ्यो । तर अहिलेको अवस्था अर्कै छ, कांग्रेस कोइरालाहरुको नेतृत्वमा भएको मार्गचित्रबाटै बाहिरिइसकेको छ । का‌ंग्रेसको नेतृत्वमा सभापति शेरबहादुर देउवाको आगमनसँगै पार्टीभित्र असन्तुष्टिको चाङ नै लागेको छ । असक्षम नेतृत्वका कारण पार्टीले पराजय भोग्नुपरेको भन्दै कोइराला परिवार सभापति देउवाविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । पार्टीभित्र राम्रै स्थान ओगट्दै आएका कोइराला परिवार सभापति देउवालाई एक्ल्याउन नयाँ गठबन्धन बनाउन कस्सिएका छन् । स्रोतका अनुसार शशांक, शेखर र सुजाता निरन्तर भेटघाटमा रहेको छन् । उनीहरूले आपसी रुपमा एक हुँदै महाधिवेशनको तयारी समेत अघि बढाएको बुझिएको छ । जसरी भएपनि देउवालाई एक्ल्याएर पार्टीलाई बलियो बनाउने योजनामा रहेका कोइराला परिवार सबैको पहुँचमा पार्टीलाई पु¥याउने योजनामा रहेका छन् । कांग्रेसका भ्रातृ संगठनका सबैजसो पछिल्लो अधिवेशनले देउवालाई हतोत्साही बनाएको छ । शिक्षक संघ, ट्रेड युनियन, कानुन व्यवसायीहरूको संस्थाको निर्वाचनमा देउवा पक्षले पराजय भोगेको छ । तीनै तहको निर्बाचनपश्चात पार्टीले भोग्नुपरेको पराजयप्रति खिन्न बनेका नेता तथा कार्यकर्तालाई सक्रिय बनाउन प्रकाशमानदेखि सिटौलासम्म र केबी गुरुङदेखि गच्छदारसम्मलाई कोइराला परिवारले समेट्न आवश्यक छ ।

views: 15


लोकप्रिय समाचार