मुख्य समाचार > पूर्व राजदूत झाकाे आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा शव फेला - घटना शंकास्पपद

पूर्व राजदूत झाकाे आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा शव फेला - घटना शंकास्पपद

२०७५ भदौ ४, सोमवार काठमाडौँ – फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा आफ्नै घरमा मृत भेटिएका छन् । काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा झा मृत्त अवस्थामा फेला परेका हुन् । काठमाडौँका एसएसपी विश्वराज पोखरेलका अनुसार झा आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । उनको घरको भान्सा कोठामा रहेको चक्कुले घाँटीमा प्रहार गरेको पाईएको एसएसपी पोखरेलले जानकारी दिए । उनले पूर्व राजदूत झा को हत्या भएको हो वा आत्महत्या हो भन्ने कुरा अहिले नै खुलीनसकेको बताए । ‘ म अहिले घटनास्थलमै छु, भान्साकोठामा रहेको चक्कुले प्रहार गरेको देखिन्छ, हत्या हो वा आत्महत्या हो अनुसन्धानपछि खुल्नेछ,’ एसएसपी पोखरेलले भने, ‘घटना शंकास्पपद छ ।’ पूर्व राजदूत झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेका थिए । उनको भान्सामा प्रयोग हुने चक्कु झा को शवसँगै भेटिएको एसएसपी पोखरेलले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

views: 25


लोकप्रिय समाचार