मुख्य समाचार > नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

साउन २१, २०७५ मा काठमाडौँ – एक दिवसीय क्रिकेटमा पहिलो ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको छ । केही महिनाअघि एक दिवसीय मान्यता पाएपछिको पहिलो एक दिवसीय शृङ्खला खेलेर नेपाली टोली स्वदेश फर्किएको हो । नेपालले नेदरल्याण्ड्ससँग दुई एक दिवसीय खेलको शृङ्खला खेलेको हो । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित निकाल्दै शृङ्खलामा बराबरी गरेको थियो । नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट शृङ्खला खेल्नु अघि नेदरल्यान्ड्स र एमसिसीसँग इंग्ल्यान्डमा त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खला खेलेको थियो । नेपाली टोलीका कप्तान पारस खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पहिलो एक दिवसीय क्रिकेट नेपालका लागि ऐतिहासिक बनेको बताए । उनले आउँदा दिनमा नेपालले धेरै खेल्न र गर्न बाँकी रहेको बताए । तर अझै पनि खेलमा सुधार गर्न भने बाँकी रहेको बताए । उनले अब आफूहरुको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए । साउन २१, २०७५ मा प्रकाशित

views: 26


लोकप्रिय समाचार