मुख्य समाचार > ‘बुगीवुगी’ को बिजेता बनिन् सर्लाहीकी कविता

‘बुगीवुगी’ को बिजेता बनिन् सर्लाहीकी कविता

२०७५ साउन २०, आइतवार काठमाडौँ– एपीवान टेलिभिजनको आयोजनामा प्रशारण भएको अन्तराष्ट्रिय डान्सिङ रियालिटी शो ‘बुगीवुगी’ को विजेता कविता नेपाली बनेकी छन्। शनिबार काठमाडौँको बुद्धनगरको एपी वान स्टुडियोमा भएको ग्राण्ड फिनालेमा दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन्। सर्लाहीकी कविताले उपाधिसँगै २५ लाख नगद पनि जितेकी छन्। यस्तै प्रगति पुन प्रतियोगीताको फस्ट रनरअप भएकी छन्। उनले ६ लाख नगद जितेकी छन्। यस्तै ४ लाख नगदसहित सरोज मोक्तान तेस्रो स्थान हाँसिल गरेका छन्। बुगीवुगीमा तीनहजार सहभागीले भाग लिएका थिए। कार्यक्रमका निर्णायक दीलिप रायमाझि, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज थिए।

views: 20


लोकप्रिय समाचार