मुख्य समाचार > जाजरकोटमा पहिरो : चारजनाको मृत्यु, उद्धार चल्दै

जाजरकोटमा पहिरो : चारजनाको मृत्यु, उद्धार चल्दै

२०७५ साउन २०, आइतवार सुर्खेत– जाजरकोटमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । एकजनाको जीवितै उद्धार गरिएको जाजरकोटका डिएसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए । आइतबार बिहान गएको पहिरोले घर पुरिँदा भेरी नगरपालिका–३ का लालबहादुर लोहारकी श्रीमती र दुई छोरीको ज्यान गएको हो । यस्तै छिमेकीकी छोरीको पनि ज्यान गएको डिएसपी सिंहले जानकारी दिए । लालबहादुको भने जीवितै उद्धार गरिएको छ । ज्यान गुमाउनेमा उनकी श्रीमती शितली लोहार र दुई छोरी रहेका छन् । यस्तै लालबहादुरको छिमेकीकी छोरी ९ वर्षकी नज्मा बोहराको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय बासिन्दाको टोली खटिएको छ ।

views: 23


लोकप्रिय समाचार