मुख्य समाचार > प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा चलखेल -एक प्रकाशनगृहका अध्यक्ष र एक गैरआवासीय नेपाली उद्यमीको चासो

प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा चलखेल -एक प्रकाशनगृहका अध्यक्ष र एक गैरआवासीय नेपाली उद्यमीको चासो

बिषय सुनुवाइ समिति बालुवाटारदेखि भैँसेपाटीसम्म काठमाडौं, साउन १६ संसदीय समितिमा प्रधानन्यायाधीश नियुक्तिबारे सुनुवाइ भइरहँदा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्व, एक सञ्चार व्यवसायी र उद्यमी दीपकराज जोशीको सट्टा ओमप्रकाश मिश्र या चोलेन्द्र शमशेर राणामध्ये एकलाई न्यायपालिकाको नेतृत्व सुम्पिने अभ्यासमा रहेको बुझिएको छ। स्रोतका अनुसार आइतबार सुनुवाइ समितिका सदस्य सुरेन्द्र पाण्डेले प्रस्तावित उम्मेदवार जोशीलाई उनकै निवासमा भेटी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न सुझाएपछि जोशी भित्री बाटोबाट बालुवाटार छिरेका थिए, त्यही दिन बेलुका। स्रोतका अनुसार उक्त भेटघाटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित थिए। न्यायपालिकाको नेतृत्व नियुक्तिमा चासो लिँदै आएका एक प्रकाशनगृहका अध्यक्ष र एक गैरआवासीय नेपाली उद्यमीसँगै भोलिपल्ट अर्थात सोमबार ‘लञ्च मिटिङ’ भयो, नेकपा अध्यक्षद्यको। उक्त भीभीआइपी लञ्च मिटिङ भैँसेपाटीस्थित गैरआवासीय नेपाली उद्यमीको निवासमा भएको थियो। दुवै उद्यमीले चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीश बनाउन आग्रह गरेको तर दाहालले ओमप्रकाश मिश्रलाई बनाएमा मधेसकेन्द्रित दलको पनि समर्थन पाइने धारणा राखेको एक जानकार स्रोतले दिएको छ। स्रोतका अनुसार सोमबार राति नै प्रधानन्यायाधीश जोशीलाई फेरि प्रधानमन्त्री निवास बोलाइयो र दाहालको उपस्थितिमा प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरे प्रधानमन्त्री ओलीले। सुरेन्द्र पाण्डेजस्तै ऊर्जामन्त्री बर्षमान पुनले पनि यसबीच जोशीसँग भेटेको बुझिएको छ। जोशी नियुक्तबिरुद्ध दाहाल र ओली दुवै उभिए पनि राणा या ओमप्रकाश मिश्रलाई बनाउने भन्नेबारे उनीहरुबीचको मतभेद खासगरी त्यसपछि बन्ने प्रधानन्यायाधीशका कारण पनि चुलिएको छ। मिश्रलाई प्रधानन्यायाधीश बनाइएमा माघमा सेवानिवृत्त हुनेछन् र त्यसबेलासम्म ३ वर्षे स्थायी सेवा प्रावधानका कारण हरिकृष्ण कार्की र सपना प्रधान मल्ल पनि पदका दाबेदार हुनेछन्। दुवैको पृष्ठभूमि एमाले रहेकाले चोलेन्द्रशमशेरले त्यो अवसर नपाउने देखिन्छ। सञ्चारगृहका प्रमुख र गैरआवासीय नेपाली उद्यमी चोलेन्द्रशमशेर निकट र उनका लबिस्टका रुपमा प्रस्तुत भएका छन्।

views: 42


लोकप्रिय समाचार