मुख्य समाचार > पत्रकार जनताका दुस्मन : डोनाल्ड ट्रम्प

पत्रकार जनताका दुस्मन : डोनाल्ड ट्रम्प

१४ साउन, न्युयोर्क । अमेरिकाको प्रतिष्ठित पत्रिका द न्युयोर्क टाइम्सको प्रकाशकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सञ्चार माध्यमलाई ‘जनताको दुस्मन’ को रुपमा परिभाषित गर्ने काम बन्द गर्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले बारम्बार सञ्चार माध्यममाथि आक्रामक रुपमा प्रस्तुत हुने गरेको र यसले सञ्चार माध्यममाथि हिंसा हुन सक्ने बताइएको । द न्युयोर्क टाइम्सका एजी सुल्ज्बर्गरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौपचारिक भेटवार्ता गरेका थिए । तर ट्रम्पले त्यो भेटबारे ट्वीट गरेपछि सल्ज्बर्गरको भनाई आएको हो । सुरुको ट्वीटमा राष्ट्रपति ट्रम्पले भेटवार्ता निकै राम्रो रहेको बताएका थिए । तर त्यसपछिको ट्वीटमा उनले सञ्चार माध्यममाथि रिपोर्टिङ्ग मार्फत नागरिकको जीवन जोखिममा लगेको आरोप लगाए ।

views: 18


लोकप्रिय समाचार